नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योतीको संयोजनमा ९२ वर्षीय दम्पतीले पाए अस्थाई आवास
नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योती उपशाखाले बेथानचोक गाउँपालिका–४ चलालका बाढीपहिरो पिडित बृद्द दम्पतीका लागि अस्थायी आवास निर्माण गरि हस्तान्तरण गरेको छ।
२०८१ आस्बिन ११ र १२ गतेको अबिरल बर्षाका कारण बसोबास गर्दै आएको घर क्षतिग्रस्त भएका चलाल डोलका ९२ वर्षीय बृद्द मान बहादुर तामाङको दम्पतीका लागि नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योतिको संयोजनमा जस्ता खरिदको लागि उपशाखा सदस्य गोपाल बिस्ट ले ६ हजार ५सय बराबर जस्ता पाता, बिस्णु प्रसाद वाग्ले बाट ५ हजार बराबर अन्य सहयोग सामग्री हरु र उप शाखा कोसाध्यक्ष दिलिप तमाङ बाट जान आउन र ढुवानीको लागि निःशुल्क गाडी सुबिधा उपलब्ध गराएका थिए ।
चलाल स्थित स्थानीय सुकुमान तमाङ (छ्क्कल) ले बाढी पहिरो पीडित ९२ वर्षीय वृद्धवृद्धा को बसोबास गर्दै आउनुभएको घर भत्किएको र सामान्य पालमुनी गुजारा चलाउन बाध्य भएको नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा सभापति मुकुन्द शर्मालाई जानकारी गराउँदै अस्थायी टहरा निर्माणका लागि सहयोग गरिदिन आग्रह गरेका थिए । सोही बमोजिम उपशाखा सभापति सर्माको पहल तथा संयोजनमा बनेपा न.पा १२ बासडोलका रेडक्रसकर्मी, सहकारीकर्मी, राजनैतिक दल, महिला वडा सदस्य, ने रे सो केन्द्रिय सदस्य, जिल्ला सदस्य एवं स्वतस्फुर्त सामाजिक रूपमा स्वयं सेवामा समर्पित बनेपा १२ का करिब २०जना महिला तथा युबा स्वयम् सेबिहरुको उपस्थितिमा अस्थायी टहरा निर्माण गरिएको हो ।
अस्थायी आवास हस्तान्तरण कार्यक्रममा बेथानचोक गाउँपालिका ४ का वडा अध्यक्ष कृष्ण बहादुर पाख्रिन लगायत स्थानीयको उपस्थिती रहेको थियो । कार्यक्रममा अध्यक्ष पाख्रनले पहिरोमा घर गुमाएका वृद्ध वृद्धाका लागि बनेपा १२ बासडोल देखि आएर बसोबासका लागि टहरा निर्माण गरिदिएकोमा नेरेसो महेन्द्रज्यो मार्फत सबैलाई हार्दिक धन्यवाद व्यक्त गरेका छन् ।
क्षतिग्रस्त घरको जस्ता पाता तथा अपुग जस्ता ब्यबस्थापन गरि निर्माण गरिएको टहरा नेपाल रेडक्रस सोसाइटी महेन्द्रज्योति उपशाखा सभापति मुकुन्द शर्मा वाग्ले बाट वृद्ध,बृद्धा लाई खादा लगाई हस्तान्तरण गरिएको थियो । अस्थायी आवास हस्तान्तरण गर्दै सभापति शर्माले टहरा निर्माणका लागि आग्रहसँगै सहज रुपमा कामगर्ने बाताबरण पाएकोमा पीडित मान बाहादुर तमाङ, वडा अध्यक्ष कृष्ण बहादुर पाखरिन , समाज सेवि सुकुमान तामाङ, नेरेसो महेन्द्रज्योतोको अग्रहलाई सहज स्विकार गरि टहरा निर्माणमा आर्थिक एबं भौतिक सहयोग गर्नुहुने सम्पुर्णमा धन्यवाद दिएका छन् ।
उनले विपद्को समयमा अझै बढी मानविय सेवामा समर्पित हुन समेत सबैमा आग्रह गरेका छन् । उनले बिपत्तिमा परेका अन्य पीडितहरुलाई समेत सहयोग गर्न आफुहरु तत्पर रहेको बताए । सहयोगको लागि बिना हिचकिचावट खवर गर्नु समेत उनको आग्रह छ । अस्थायी आवास पाएपछि खुसी हुँदै पीडित मानबहादुर तामाङले आफू करिब एकमहिना देखि पालमुनी बस्दै आएको भन्दै अब टहरामा बसोबास गर्न पाएको भन्दै खुसी व्यक्त गरेका छन् । उनले सहयोगी सबैलाई धन्यवाद दिएका छन् ।