बल्थलीमा पक्राउ परेका २१ जुवाडे को–को हुन् ?

पनौती नगरपालिका वडा नम्बर ११ बल्थली स्थित ख्याकुमा शनिवार राति २१ जना जुवाडे पक्राउ परेका छन् । इलाका प्रहरी कार्यालय बनेपाले जुवातास खेलिरहेको अवस्थामा २१ जनालाई शनिबार मध्यराति नियन्त्रणमा लिएको हो ।

पक्राउ पर्नेमा शिरु चौधरी, शिव आले मगर, दिपक तामाङ, शुसान्त महात, शिव खड्का, कुमार श्रेष्ठ, बडुमान भोलन, दिपक थापा, रमेश थापा, राजु लामा, श्याम कुमार खड्का, अनिल भारती, रवि नेपाली, युनिक केसी, सुमित नगरकोटी, रञ्जित कार्की, अनिल खड्का, सहकुल भण्डारी, निर्मल भण्डारी, निशेष भुजेल, श्रीकुमार सिलवाल रहेका छन् । यद्यपी प्रहरीले भने यो समाचार तयार पार्दासम्म पक्राउ परेकाहरु सार्वजनिक गरेको छैन । उनीहरुबाट ९३ हजार ३ सय १५ रुपैया बरामद भएको इलाका प्रहरी कार्याल बनेपाले जनाएको छ । पक्राउ परेकाहरुलाई म्याद थप भएर अनुसन्धान भइरहेको डिएस्पी ज्ञानबहादुर खड्काले जानकारी दिए ।


स्थानीयहरुले पटक पटक तास जुवा नखेल्न अनुरोध गर्दा पनि उक्त स्थानमा हरेक दिन तास खेलाईरहने गरिएको थियो । प्रहरीलाई पटक पटक अनुरोध गर्दा पनि कोहि पक्राउ पर्न सकेका थिएनन् । बनेपामा इन्चार्ज परिवर्तन भए लगत्तै ईलाका क्षेत्र भित्रका सबै युनिटहरुलाई जुवा तास नियन्त्रण गर्न डिएस्पी ज्ञानबहादुर खड्काले निर्देशन दिएका थिए । लगत्तै विभिन्न स्थानमा जुवा तास खेलिरहेका ब्यक्तिहरु पक्राउ पर्न थालेका छन् ।


यस अघि कार्तिक ७ गते पनौती ९ कुँवरगाउँबाट पनि प्रहरीले ५ जनालाई नियन्त्रणमा लिई अनुसन्धान गरिरहेको छ । उनिहरुबाट ९५ हजार नगद बरामद भएको थियो । खानीखोला घर भएका देवराज बल, सिन्धुली घर भएका निरजमान घिसिङ्ग, पनौती ९ का गोलबहादुर घिसिङ, सोहि ठेगानाका जगतबहादुर घिसिङ र अक्कलबहादुर घिसिङ पक्राउ परेका थिए ।