काभ्रेभञ्ज्याङमा कर छलिको काजु र बदाम बरामद

काभ्रे प्रहरीले विपी राजमार्गको काभ्रेभञ्ज्याङबाट काजु, बदाम सहित विभिन्न सामाग्री बरामद गरेको छ । धुलिखेल नगरपालिका वडा नम्बर ९ स्थित काभ्रेभञ्ज्याङमा चेकजाँच गर्ने क्रममा प्रहरीले कर छली ल्याएको सामानहरु बरामद गरेको हो ।

कार्तिक ८ गते काजु (२५० ग्राम) ४० प्याकेट, हाडे बदाम (२५० ग्राम) ८० प्याकेट, निलो बाल्टि सहित काजु १० केजी, काजु १० केजी बरामद गरेको छ । यस्तै सामसुङको कालो लामो ब्याट्री ५० थान, एस सिक्स् लेखिएको प्याकिङ ब्याट्री ३० थान, एमएएच ६ हजार लेखिएको ब्याट्री १० थान, सामसुङको सानो ब्याट्री १० थान, कम्पनी नलेखिएको २२०० लेखिएको ब्याट्री ५ थान, एपीओ लेखिएको मोवाइल ब्याट्री ५० थान, एमआइ लेखिएको ब्याट्री २० थान, मोवाइल डिस्प्ले ७५ थान बरामद भएको छ ।

कार्तिक ११ गते काजु २४ केजी र पाउडर दुध २७ प्याकेट प्रहरीले बरामद गरेको जिल्ला प्रहरी कार्यालय काभ्रेले जनाएको छ ।