ढुंखर्कका ८० घर परिवारमा फाईबर सिरक

बेथान्चोक, ढुंखर्क/लायन्स क्लव काठमाडौको सहयोगमा बेथान्चोक गाउँपालिका स्थित मिना घिमिरे, राजिव रसाईलीको समन्वयमा साविक ढुंखर्क गाविस हालको बेथान्चोक गाउँपलिका वडा नम्वर २ र ३ का चारवटा टोलका ८० घर परिवारलाई फाईबर सिरक उपलब्ध गराईएको छ ।

बाढी पहिरोका कराण पीडित घर परिवारका लागि लायन्स क्लव काठमाडौले उक्त सहयोग उपलब्ध गराएको स्थानीय समाजसेवी समेत रहेका राजिव रसाईलीले बताए । गाउँपालिका उपाध्यक्ष तारा राना तिमल्सिना लगायतका जनप्रतिनिधिहरुको सहभागितामा उक्त सिरक हस्तान्तरण गरिएको थियो ।

दुर्लुङ्गखोला, खलंगा, बनेपाली टोल लगायतका क्षेत्रका घर परिवारमा उक्त सामाग्री उपलब्ध गराईएको मिना घिमिरेले बताईन् । सोहि कार्यक्रममा लायन्स क्लवका विभिन्न तहका ब्यक्तिहरु र विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।