रोशी ८ मा स्वास्थ्य शिविर, ६ सय १४ लिए सेवा

रोशी/ग्रेस नेपालको आयोजना तथा अप्टिमिस्ट इन्टरनेशनको सह आयोजनामा क्युबेक नेपाल क्यानाडाको आर्थिक सहयोग तथा के एम सि हस्पिटल सिनामङ्गल काठमाडौको प्राबिधिक सहयोगमा इन्द्रोदय आधारभुत विद्यालय रोशी ८ मा एक दिने बृहत्त निशुल्क स्वास्थ्य शिविर आयोजना गरिएको छ ।



त्यस्तै जनरल ७०, बाल रोग ४३, हाडजोर्नी ६०, सर्जरी ७०, नाक, कान, घाँटी ४५, दन्त रोग ४३, आँखा ५०, इसिजि ४०, स्त्रीरोग ५०, भिडियो एक्सरे ७०, ल्याब टेस्ट ६६ गरी विभिन्न सेवा लिनेहरुका संख्या ६ सय १४ जना रहेका थिए ।