मल्पी सिटी स्कूलद्वारा बाढी पहिरो पीडितलाई राहत प्रदान

बेथानचोक/मल्पी सिटी स्कुलले बाढी पहिरोबाट बेथानचोकका प्रभावित १ सय २ परिवारलाई सहयोग गरेको छ।

मल्पी सिटी स्कुलका कार्यकारी निर्देशक ज्योतिमान शेरचनको नेतृत्वमा हातेमालो कार्यक्रम अन्तरगत चामल, खाने तेल, चिनी, चना, मस्यौरा र अन्य अत्यावश्यक वस्तुहरू प्रभावित परिवारहरूलाई वितरण गरिएको हो ।

मल्पी सिटी स्कुलका प्रमुख प्रशासकीय अधिकृत तथा सञ्चार अधिकृत अर्जुन क्षेत्रीका अनुसार विद्यालयको सामुदायिक सेवा सिकाइ कार्यक्रमले विपन्न समुदायलाई राहत सामग्री, आधारभूत सामग्री र शैक्षिक सहयोग उपलब्ध गराउन विद्यार्थी, शिक्षक र दातृ निकायलाई परिचालन गर्ने गरेको छ ।

मल्पी हातेमालो कार्यक्रमका प्रयासहरूले मल्पी सिटी स्कूलका विद्यार्थीहरूबीच सामाजिक उत्तरदायित्व, समानुभूति र सक्रिय संलग्नतालाई बढावा दिनको लागि सहयोग पुगेको स्कुलका प्रमुख प्रशासकीय अधिकृत तथा सञ्चार अधिकृत क्षेत्रीले बताए ।