सुगन्ध सहकारीको ७ औं सभा
बनेपा/सुगन्ध बचत तथा ऋण सहकारी संस्था लिमिटेडको ७ औ बार्षिक साधारण सभा बागमति बचत तथा ऋण सहकारी संस्था लिमिटेडका संचालक सदस्य कृष्णप्रसाद तिमल्सिनाको प्रमुख आतिथ्यता तथा अध्यक्ष कुमार मैनालीको अध्यक्षतामा सम्पन्न भएको छ ।
कार्यक्रममा बोल्दै प्रमुख अतिथी तिमिल्सनाले सहकारीहरुमा देखिएका समस्या समाधानमा राज्य र सहकारीकर्मीहरु सक्रिय भएकाले शेयर सदस्यहरुलाई विश्वास गर्न, सदस्यहरुको रकमलाई सुरक्षित रहन संचालक सचेत रहन र सहकारीका ऐन, नियम र कानून अनुसार सहकारी संचालन गर्न अनुरोध गरे ।
कार्यक्रममा अध्यक्ष मैनालीले सहकारी क्षेत्रका तमाम समस्याहरुको असर सुगन्धमा पनि परेको भए पनि बचतकर्ताहरुको बचत सुरक्षा र लगानी सुरक्षित बनाउन सुगन्धले निरन्तर गतिविधिहरुलाई अघि बढाई रहेको बताए । कार्यक्रममा जिल्ला सहकारी संघका संचालक सदस्य रोशनकुमार श्रेष्ठले सुगन्धले नाम जस्तै काम गरिरहेकाले आगामी दिनमा अझै सफलताका लागि ध्यान दिन सुझाव दिए ।
नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना, पञ्चकुमारी बहुउदेश्यिय सहकारीका अध्यक्ष मधुसुदन पन्त, दिगो विकास सहकारीका अध्यक्ष स्वस्तिका श्रेष्ठ लगायतले सहकारीले आगामी दिनमा अझै उत्कृष्ट कार्य गर्न सुझाव दिए ।
कार्यक्रममा उत्कृष्ट कर्मचारी सम्मान गरिएको थियो । सहकारीको आर्थिक, बार्षिक र प्रगति प्रतिवेदन सर्वसम्वतले पास भएको सचिव विकास बुढाथोकीले जानकारी दिए ।