काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा २१ करोड क्षति, समस्या समाधानमा जुटे ३ नगरपालिका

काभ्रे उपत्यका एकीकृत खानेपानी आयोजनामा झण्डै २२ करोड रुपैयाँ बराबरको क्षति भएको प्रारम्भिक अनुमान गरिएको गरिएको छ । काभ्रे उपत्यका एकीकृत खानेपानी बोर्ड बैठकमा उक्त जानकारी दिइएको हो । प्रारम्भिक अध्ययन अनुसार बाढी पहिरोबाट २१ करोड ६९ लाख ७ सय २६ रुपैयाँ २७ पैसा बराबरको संरचना क्षति भएको धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले जानकारी दिए ।

उनका अनुसार बोर्ड बैठकले पुनर्निर्माणका लागि डिपिआर तयार गर्ने, प्रदेश र केन्द्र सरकार तथा एसियाली विकास बैंक, टिडिएफ लगायत दातृ निकायलाई आयोजना पुनर्निर्माणका लागि आग्रह गर्ने निर्णय भएको छ । यस्तै धुलिखेल, बनेपा र पनौती नगरपालिकाले आर्थिक संकलनका लागि पहल गर्ने निर्णय भएको बनेपा नगरपालिकाका नगर प्रमुख शान्तिरत्न शाक्यले बताएका छन् । प्राविधिक, आर्थिक,प्रशासनिक र सामाजिक अवस्था सहज बनाउनका लागि तीन वटै नगरपालिकाले पहल गर्ने निर्णय समेत बैठकले गरेको छ ।

स्रोत क्षेत्र अर्थात पनौती क्षेत्रको समस्या समाधानका लागि तिव्र पहल गर्दै छिटो पानीको आपुर्ति व्यवस्थाका लागि मन्त्रालयको भूमिका बढाउन अनुरोध गर्ने पनौती नगरपालिकाका नगरप्रमुख रामशरण भण्डारीले बताएका छन् । विपद्का कारण खानेपानी क्षेत्रमा उत्पन्न समस्या समाधानका लागि तीन नगरले नेतृत्वदायी भूमिका खेल्ने तीन नगरबीच छलफल भएको छ ।

यसअघि धुलिखेल नगरपालिकाका नगर प्रमुख अशोक ब्याञ्जुले उप–प्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंह, गृहमन्त्री रमेश लेखक, खानेपानी मन्त्री प्रदिप यादवसँग भेट गरी खानेपानी संरचनामा भएको क्षतिले तीन नगरपालिकाका नागरिक खानेपानी अभावमा छटपटाई रहेको भन्दै समयमै समस्या समाधानका लागि पहल गरिदिन आग्रह गरेका थिए ।


त्यसपश्चात मंगलबार मात्रै उप–प्रधान एवं शहरी विकास मन्त्री प्रकाशमान सिंहले खानेपानीको मुहान क्षेत्र पनौती–१२ को स्थलगत अवलोकन गरेका छन् ।

नगर प्रमुख ब्याञ्जुले धुलिखेल खानेपानीको पुनर्निर्माणको लागि जर्मन राजदुतसंग भेटगरी आर्थिक सहयोगको लागी अनुरोध गरेका छन् । ३ करोड ५१ लाख लाग्ने अनुमान गरिएको खानेपानीको पुर्ननिर्माणको लागि जर्मन राजदुत डा. थोमस प्रिन्जसँग प्रमुख ब्यान्जुले आर्थिक सहयोग माग गरेका हुन् । धुलिखेलसंगको एतिहासिक सम्बन्ध र विकास साझेदारिता रहेको भन्दै जर्मन राजदुत डा. थोमस प्रिन्जले सक्दो सहयोगको प्रयास गर्ने प्रतिबद्दता जनाएका छन् ।

खानेपानीको ब्यवस्थापन पछि स्थापना भएको जिल्लाको सदरमुकाम समेत रहेको दोश्रो नगरपालिका धुलिखेलमा खानेपानीको हाहाकार भएको छ ।

काठमाडौ विश्वविद्यालय, धुलिखेल अस्पताल, ७५ भन्दा धेरै होटल तथा रेस्टुरेन्ट, ४० भन्दा धेरै सरकारी कार्यालय, नेपाली सेना, नेपाल प्रहरीको ब्यारेक तथा प्रमुख ठुला ठुला कार्यालयहरु रहेको दुई राजमार्गको केन्द्र धुलिखेलमा असोज १०–१२ मा परेको अविरल बर्षातका कारण खानेपानीको मुहानमा क्षति पुगेकाले खानेपानीको हाहाकार शुरु भएको हो ।

खानेपानीको हाहाकार शुरु भए सँगै नगरपालिका र खानेपानी उपभोक्ता समितिले तत्कालका लागि बैकल्पिक उपायहरुको खोजी गरेको भए पनि दीर्घकालिन रुपमा खानेपानीको ब्यवस्थापनमा जटिलता शुरु भएको छ । खानेपानीको श्रोत भएको पािलका विपद पछिको धेरै क्षति भएको क्षेत्र हो । सोहि क्षेत्रमा खानेपानीको करिव ४ किलोमिटर क्षेत्रमा पाईप बगाउनुका साथै पानी ट्याङ्की र इन्टेकहरुमा समेत क्षति पुगेको छ । बस्ति नै सखाप हुने गरी खानी क्षेत्रबाट बगेको लेदो, ग्यागरिङ्ग तथा डस्टले निम्त्याएको संकट धुलिखेल र बनेपाका नागरिकहरुले पनि एकै साथ ब्यहोरेका छन् ।

‘धुलिखेल नगरपालिकाको स्थापना गर्नु अघि भुमेडाँडा गाविसबाट खानेपानीको ब्यवस्थापन गरिएको थियो’–नगर प्रमुख अशोक ब्याञ्जुले भने–‘सोहि क्षेत्रबाट ल्याएको खानेपानीका अलावा पछिल्लो समय एकीकृत खानेपानी मार्फत काभ्रेका तीन वटा पािलकाका नागरिकहरुलाई खानेपानी पु¥याउने गरी कार्य प्रारम्भ गरिएको थियो ।’ विभिन्न कारण एकीकृत खानेपानीको कार्य सम्पन्न हुन सकेको छैन ।

एकीकृत खानेपानीको कार्य सम्पन्न नहुँदासम्म तत्कालिन समयमा गरिएका सम्झौताहरु कार्यान्वन हुन सकेका छैनन । विपद पछि नगरपालिका र खानेपानी उपभोक्ता समितिका तर्फबाट ५० लाख सहयोग गर्ने निर्णय भएको छ । पनौती नगरपालिका वडा नम्वर १२ का अध्यक्ष जयराम केसीले विगतका सम्झौताहरु कार्यान्वन गर्दै खानेपानी संचालनका लागि वातावरण बनाउन तयार रहेको बताएका छन् ।