साफ महिला च्याम्पियनसिपः फाइनल खेल हेर्न प्रधानमन्त्री ओली पनि रंगशालामा

साफ महिला च्याम्पियनसिपको फाइनल खेल सुरु भएको छ। फाइनलका लागि नेपाल र बंगलादेशबीच प्रतिस्पर्धा भइरहेको छ।
फाइनल खेल हेर्नका लागि त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा दर्शकहरूको ओइरो लागेको छ। खेल हेर्न प्रधानमन्त्री केपी शर्मा ओली, उपप्रधानमन्त्री प्रकाशमान सिंह लगायत पनि रंगशाला पुगेका छन्।
बुधबार बिहानैदेखि अखिल नेपाल फुटबल संघ (एन्फा) ले तीन ठाउँबाट टिकट वितरण गरेको थियो।
महिला फुटबल नेपाली टोलीले १२ औँ फाइनल खेल घरेलु मैदानमा नै खेल्न लागेको हो।
त्यसैले महिला टोलीमाथि यो पटक नयाँ इतिहास रच्ने राम्रो अवसर घरेलु मैदानमा नै जुरेको छ।
साफ वुमेन्स च्याम्पियनसिपका ७ संस्करणमध्ये योसमेत गरी नेपाल ६ पटक फाइनलमा पुगेको छ तर अहिलेसम्म उपाधि उचाल्न पाएको छैन ।