रोटरी धुलिखेले गर्यो बाढिपहिरो पिडितलाई सहयोग

धुलिखेल/रोटरी क्लब अफ धुलिखेल र विपद् सहयोग नेपालले काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न क्षेत्रका बाढी र पहिरोबाट पीडित परिवारलाई राहत सामग्री उपलब्ध गराएको छ ।

शुद्ध पानी पिउनका लागि आवश्यक फिल्टर बक्स, खाद्यान्न, बिजुली नभएका स्थानहरूमा सोलार लाइट, समुदायलाई शुद्ध पानीको फिल्टर र नेपाली सेनाको हेलिकप्टर मार्फत दुर्गम ठाउँहरूमा आवश्यक राहत सामग्री वितरण गरेको हो ।

रोटरी धुलिखेलका विभिन्न जिम्मेवारीमा रहेका पदाधिकारीहरुको उक्त कार्यक्रममा सहयोग रहेको थियो ।