प्रधानमन्त्री ओलीको स्वास्थ्य सुधारोन्मुुख, सबै रिपोर्ट सामान्य

प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य अवस्था सुधारोन्मुख छ । उनको उपचारमा संलग्न चिकित्सकका अनुसार स्वास्थ्य परीक्षणका सबै रिपोर्ट सामान्य रहेको जानकारी प्रधानमन्त्रीका प्रेस संयोजक प्रकाश सिलवालले दिए ।

प्रधानमन्त्री ओलीलाई ज्वरो आएपछि मङ्गलबार नियमित भेटघाट कार्यक्रम स्थगित गरेका थिए । ओली अहिले प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आराम गरिरहेका छन्।