धुलिखेल ३ नम्बर वडाले एसईई तयारीका लागि निःशुल्क ट्युसन कक्षा सञ्चालन गर्ने
![see-tayari-with-logo](https://www.madanibeat.com/wp-content/uploads/2024/11/see-tayari-with-logo.jpg)
धुलिखेल नगरपालिका वडा नम्बर ३ ले निःशुल्क एसईई तयारी कक्षा सञ्चालन गर्ने भएको छ । धुलिखेल नगरपालिका वडा नम्बर ३ मा स्थायी बसोबास गरी सामुदायिक विद्यालयमा कक्षा १० मा अध्ययनरत एसईई तयारी गरिरहेका विद्यार्थीहरुको लागि ट्युसन कक्षा सञ्चालन गर्न लागिएको धुलिखेल नगपालिका वडा नम्बर ३ का वडा अध्यक्ष गणेश आचार्यले जानकारी दिए । मंसिर महिनादेखि अनिवार्य गणित र अनिवार्य विज्ञान विषयको निःशुल्क ट्युसन कक्षा सञ्चालन हुने उनले बताए ।
एसईई तयारी कक्षामा सहभागी हुन इच्छुक विद्यार्थीलाई ७ दिनभित्र अर्थात कार्तिक २८ गतेसम्ममा अध्ययनरत विद्यालयको परिचयपत्र सहित वडा कार्यालयमा निवेदन दिन वडा कार्यालयले सुचना मार्फत आग्रह गरेको छ ।
यसअघि वडा कार्यालयले वडा भित्रका सामुदायिक विद्यालयमा अध्ययनरत विद्यार्थीलाई निःशुल्क विद्यालय पोशाक वितरण गरेको थियो ।