बनेपामा अजिमा बचतको १७ औं सभा, अध्यक्षमा शोकसुधार भैल

बनेपा/अजिमा बचत तथा ऋण सहकारी संस्था लिमिटेडको १७ औ बार्षिक साधारण सभा काभ्रेपलाञ्चोक जिल्ला बचत तथा ऋण सहकारी संस्था लिमिटेडका अध्यक्ष उदयराम कायश्थको प्रमुख आतिथ्यता तथा उपाध्यक्ष गोपालभक्त बैदारको अध्यक्षतामा सम्पन्न भएको छ ।

साधारण सभाको बन्द सत्रले शोकसुधार भैलको अध्यक्षतामा नयाँ समिति निर्विरोध चयन भएको छ । समितिको उपाध्यक्ष सुभद्रा श्रेष्ठ, सचिव गोपालभक्त बैदार, कोषाध्यक्ष अशोकरत्न शाक्य रहेका छन् । त्यस्तै सदस्यहरुमा रामगोपाल तौजले, विथक सिकु, निभा श्रेष्ठ, पार्वती जोशी, कञ्चन नापित रहेका छन् ।
त्यस्तै लेखा समितिमा संयोजक पूर्णकाजी शाक्य र सदस्यहरुमा रविन भैल, बासना श्रेष्ठ सदस्य रहेका छन् । सभामा उपाध्यक्ष गोपालभक्त बैदारले संस्थाको बार्षिक प्रगति, सचिव शोकसुधार भैलले प्रगति प्रतिवेदन, कोषाध्यक्ष निभा श्रेष्ठले आर्थिक प्रतिवेदन र लेखा समिति सदस्य बासना श्रेष्ठले लेखा प्रतिवेदन प्रस्तुत गरेका थिए ।

संस्थाले आर्थिक वर्षको अन्त्यसम्ममा १६ करोड २८ लाखको कारोवार गरेको छ । ३५ दिने सूचना प्रकाशन गरी निश्क्रिय सदस्यलाई हटाएको छ । ७ सय ८९ सदस्यबाट १ करोड ३७ लाखको शेयर, ८ करोड ८७ लाख बचत र १२ कारेढ ८७ लाखको ऋण लगानी गरेको छ ।
कार्यक्रममा प्रमुख अतिथी उदयराम कायश्थले सहकारी थिती र विधीमा संचालन हुँदा समस्या नभएको बताए । कार्यक्रममा सल्लाहकारहरु बालभक्त प्रधान, हरिभक्त भोक्षिभोया, सदस्य तथा सामाजिक ब्यक्तित्व इन्द्रनारायण भैल, नेपाल पत्रकार महासंघ काभ्रे शाखाका निवर्तमान अध्यक्ष मोतीराम तिमल्सिना लगायतले मन्तब्य राखेका थिए ।
कार्यक्रममा सहकारीमा आवद्ध सदस्यहरु, संचालक समिति, लेखा समिति, कानूनी सल्लाहकार लगायतको सहभागिता रहेको थियो ।

