ब्रह्माकुमारी राजयोग सेवा केन्द्र धुलिखेलको रजत महोत्सव

धुलिखेल/ब्रम्हकुमारी राजयोग सेवा केन्द्र धुलिखेलले स्थापनाको २५ औ वर्ष अर्थात रजत महोत्सव विविध कार्यक्रमका साथ मनाएको छ । धुलिखेल केन्द्रकी अध्यक्ष लक्ष्मी दिदीको अध्यक्षतामा सम्पन्न कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रकी निर्देशक डा.राज दादिमाको प्रमुख आतिथ्यता रहेको थियो ।

कार्यक्रममा ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका विभिन्न शाखा तथा केन्द्रका प्रमुख तथा ब्रम्हकुमारहरु, लक्ष्मी दिदीहरु, बहिनीहरु, जिल्ला समन्वय समिति काभ्रेका प्रमुख दिपकुमार गौतम, धुलिखेल नगरपालिका प्रमुख अशोक ब्याञ्जु, धुलिखेल इङ्गलिस बोर्डिङ्ग स्कुलका संस्थापक अनमोल माकजु लगायतले ओम शान्तिले समाजमा फैलाईरहेको सकारात्मक सन्देशका बारेमा चर्चा गरेका थिए । ब्रम्हकुमारी राजयोग सेवा केन्द्रको रजत महोत्सवको अवसरमा प्रभातफेरी कार्यक्रमका साथै ब्रम्हकुमारी राजयोग सेवा केन्द्रले विभिन्न ढंगबाट सहयोग पु¥याउने ब्यक्तिहरुलाई सम्मान गरिएको थियो ।


कार्यक्रममा सहभागिहरुले ब्रम्हकुमारी राजयोग सेवा केन्द्रका आगामी कार्यक्रम तथा समाजमा देखिएका विभिन्न विषयले ब्यक्तिमा पारिरहेका असरलाई न्युनिकरण गर्न ध्यान, संस्कार र संस्कृतिलाई संरक्षणमा जोड दिनु पर्ने बताएका थिए ।