सिन्धुलीको हरिहरपुरगढीमा शिक्षकमाथि गोली प्रहार

सिन्धुलीको हरिहरपुरगढी गाउँपालिका–६ झप्सीमा आइतबार अज्ञात समूहबाट गोली प्रहार हुँदा एक जना शिक्षक घाइते भएका छन् ।

सिन्धुली र सर्लाहीको सिमाना रहेको उक्त ठाउँमा भएको गोली प्रहारबाट मकवानपुर जिल्ला बकैया गाउँपालिका –३ स्थित बुद्ध माविका प्रधानाध्यापक प्रेमबहादुर बमजन घाइते भएका जिल्ला प्रहरी कार्यालय सिन्धुलीले जनाएको छ ।

सिन्धुलीका एसपी गोविन्दराज काफ्लेका अनुसार घाइतेको वीरगन्जमा उपचार भइरहेको छ । घाइतेको दाहिने गालामा गोली लागेको र गोली दाँतमा अड्किएको छ । अभियुक्तको खोजी भइरहेको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान भइरहेको र अभियुक्तहरूको पहिचान नभएको उनले बताए ।