प्रधानमन्त्री ओली मन्त्री हेरफेर गर्ने तयारीमा
प्रधानमन्त्री केपी शर्मा ओलीले मन्त्रिपरिषद् हेरफेरको तयारी गरेका छन्।
प्रधानमन्त्री निकट स्रोतका अनुसार प्रधानमन्त्री ओालीले केही मन्त्रीको जिम्मेवारी हेरफेर र नयाँ मन्त्री नियुक्तिको तयारी गरेका हुन्।
स्रोतका अनुसार, एक दुई दिनमै प्रधानमन्त्री ओलीले यसबारे निर्णय लिनेछन्। मन्त्रिपरिषद्लाई थप मजबुद बनाउन यस्तो तयारी भएको प्रधानमन्त्री ओली निकट एक नेताले जानकारी दिए।
गत असार ३० गते ओली प्रधानमन्त्री नियुक्त भएका थिए। लगत्तै भोलिपल्ट प्रधानमन्त्री ओलीले २२ सदस्यीय मन्त्रिपरिषद् विस्तार गरेका थिए।