अन्तर्राष्ट्रिय सर्भेयरहरुको क्षेत्रिय सम्मेलन नेपालमा हुँदै

धुलिखेल÷नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्स र संयुक्त राष्ट्रसंघबाट मान्यता प्राप्त विश्वका सर्भेयरहरुको साझा संगठन इन्टरनेसनल फेडरेसन अफ सर्भेयर्सको क्षेत्रिय सम्मेलन २०२४ विहिबार देखि धुलिखेलमा हुँदैछ । १३ नोभेम्वरमा शुरु हुने सम्मेलनको पहिलो सत्र काठमाडौमा आयोजना हुनेछ ।


१४ नोभेम्वर अर्थात कार्तिक २९ गते विहिबार देखि धुलिखेलमा हुने सम्मेलन १६ नोभेम्बरमा समापन हुनेछ । दुई वटा कार्यक्रम मध्ये एउटा विश्व बैंकको अग्रसरता काठमाडौंमा भू–उपयोग योजना तर्जुमा सम्बन्धी रहनेछ भने अर्काे १३ नोभेम्बरमा काभ्रेपलान्चोक जिल्ला धुलिखेलमा अवस्थित भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रमा आयोजना हुनेछ ।

जलवायु सहनशीलता निर्माणमा युवाको भूमिका विषयक कार्यशालाले जलवायु परिवर्तन, भूमि अधिकारर विपद् व्यवस्थापनका चुनौतीहरूको सामना गर्न युवाहरूलाई सशक्त बनाउने उद्देश्य राखेको छ। कार्यक्रममा विश्वका विभिन्न७देशका ३५ वर्ष भन्दा मुनिका ९० युवा सर्भेयरहरुको सहभागीता रहनेछ । क्षेत्रीय सम्मेलनको पूर्व सन्ध्यामा आयोजना गरिने उक्त कार्यक्रमले युवा सर्भेयरहरूको क्षमता विकासमा योगदान पु¥याउने विश्वास लिइएको छ।


उक्त कार्यक्रममा एसिया एण्ड प्यासिफिक क्षेत्रका युवा सर्भेयरहरूले जलवायु परिवर्तन अनुकूलन र सहनशील भूमि व्यवस्थापनमा महत्वपूर्ण भूमिका खेल्नका लागि प्रेरित गर्ने अपेक्षा गरिएको छ। कार्यक्रममा सहभागीहरूले जलवायु सहनशीलताका लागि खुला स्रोत नक्सांकन, भूमि व्यवस्थापनमा जिआईस प्रविधिको प्रयोगर विपद् पश्चातको भूमि अधिकार स्थायीत्व जस्ता महत्त्वपूर्ण विषयहरूमा वृहत छलफल तथा अन्तक्र्रिया हुनेछ।

सम्मेलनमा इन्टरनेसनल फेडरेसन अफ सर्भेयर्सका क्षेत्रिय सभापति डा.डाईनी डुमासाई, नेपाल इन्स्टिच्युसन अफ चार्टर्ड सर्भेयर्सका सदस्य सिमाविद् तथा नापी विभागका पूर्व महानिर्देशक बुद्धि नारायण श्रेष्ठ, सर्भेयसका सदस्य कलरिसा अगेटेनस, भूमि व्यवस्थापन प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक जनकराज जोशी, अष्ट्रेलियाका सर्भेयर जोहन ब्रोक, लगायत भूमि सम्बन्धि काम गर्ने नापी विभाग, सिएसआरसी, आएलसी, नक्सा जस्ता सरकारी, गैर सरकारी तथा नीजि संस्थाहरुका विषयविज्ञहरुले जलवायु सहनशील भूमि व्यवस्थापन र विपद् व्यवस्थापनमा युवाहरूको भूमिकाका बारेमा मार्गदर्शन गर्नेछन ।

कार्यक्रमबाट जलवायु सहनशील भविष्य निर्माणमा योगदान गर्न चाहने युवा सर्भेयरहरूको लागि प्रेरणादायी अनुभव प्राप्त हुने अपेक्षा गरिएको संस्थाले जानकारी दिएको छ ।