नमोबुद्धसँग सम्वन्ध जोडिएको जंगलको फेदिमा रहेको कङ्कमणी (शंखेश्वरी) बाढीले क्षतविक्षत

मोहनप्रसाद लामिछाने
वडा अध्यक्ष
धुलिखेल १२, शंखु

कान्छो छोराको मृत्युमा भावविह्ल भएकी महारानी दरबारबाट आई युवराज महादेवलाई राजपाठ सुम्पेर राजा दम्पती जीवन उत्तरार्ध व्यक्तिको लागि राजकुमारको सम्झनाबाट विह्ल भएका माता पिता छोराले बुध्दत्व प्राप्त गरेको जंगलको फेदिमा रहेको कङ्कमणी (शंखेश्वरी खोला) तिर्थमा आएर ध्यानमा बसे र त्यहीँ दुबैले भौतिक जीवन उत्सर्ग गरे । उहाँहरुको सम्झनामा शंखेश्वरी किराँत कालिन शैलिमा खुल्ला मन्दिर स्थापना भएको छ ।

राजा महारथले करिब पाँच हजार जनसंख्या भएको हालको काठमाडौँको पूर्वतर्फ रहेको पाञ्चाल (हालको पनौती राजधानी) देश थियो । कार्तिक शुक्लपक्षका दिन हिरण्यगिरी गन्धमादन पर्वतमा राजा रानी महादेव, महाप्रसाद र महासत्वसमेत शिकारी दल साथ शिकार खेल्न निस्केका थिए । एक दिन बिहानै तिन राजकुमार शिकार खोल्न छुट्टै निस्कीए शिकार खेली साँझ शाही शिवीर तर्फ फर्कदै गर्दा तिनिहरुले उक्त घना जंगलको सिरानीमा एउटा रुखको फेदमा दुब्लो, पातलो भोकले कमजोर एउटा बघिनी र भरखरै जन्मिएका ५ वटा डमरुहरु जिवन मरणको दोसाँधमा रहेका देखे। ती राजकुमार कमजोर बघिनी र उनका डमरुहरुलाई शिकार नगर्ने भनि शिविरतर्फ लागे । तर ती मध्ये कान्छा राजकुमार फर्कने क्रममा ती निरीह प्राणी प्रति करुणा जागेर आयो । त्यो कुरा मनमै राख्नु भयो र अलि तल आएपछि शौच गर्ने बहाना गर्दै (दाजुहरुसँग वार) बाघको गुफा तिर फर्के भन्ने अन्य दुई दाजुहरु शिविर तिर लागे ।महासत्व राजकुमारले हतियार कपडा एकातिर राखी कपडा फुकालेर बघिनी सामु जाँदा बघिनि ज्यादै कमजोर भएको भएर हो वा डरले राजकुमारलाई छोएनन् ।

महासत्वले आफुसँग भएको हतियारले आफ्नो भौतिक शरिर काटेर रगत र मासु ख्वाउदै भोका प्राणिहरुको प्राण भर्न आफ्नो जिवन अभय दान गरी सहज उत्सर्ग हुँदै बोधिसत्व प्राप्त गर्नुभयो ।उहाँको प्रतिक्षामा दाजुहरु भाईको पुनरागमनको खोजीमा चौतर्फी निस्के ।एउटा टोलीले घना जंगलको बिचमा रगतको टाटा तथा आलो मनुष्यको हड्डिहरु फेलापरे यस बारे राजालाई खबर भयो । राजा सहित सबैजना रगत तथा हाड फेला परेको ठाउमा जम्मा भए। हतियार, लुगा, कपडा र गहना आदीले उनको मृत्यु पहिचानमा गाह्रो भएन ।दाजुहरुले भोकाएको बघिनीले राजकुमारलाई खाएको निष्कर्ष निकाले दरवारीया ज्योतिषले राजकुमार साधारण व्यक्ति नभएको र उनले कसैको जिवन रक्षाको लागि स्वयंले अभयदान दिएको र राजकुमारले बोधिसत्व प्राप्त गरेको निष्कर्ष निकाले ।

महासत्व राजकुमारले अभयदान दिएको र बोधिसत्व प्राप्त गरेको निश्चित भएपछी राजकुमारका हातहतियार गरगहना हड्डी महारानी सत्यवति बसेको शिविरमा नै ल्याइयो । शिविर रहेको स्थान नजिक विधी विधान पूर्वक खाल्डो खनी राजकुमारका बचेका अवशेषहरु राखेर बन्द गरी दियो बनाएर विधिवत अन्त्येष्टी गरियो। अन्त्येस्टि पछि सबै राजदरबार फर्किए तर राजकुमार र महारानी फर्किएनन् । केहि महिना उक्त अन्त्येष्टी गरेको स्थानमा बसेर दरबार फर्किए, कान्छो छोराको मृत्युमा भावविह्ल भएकी महारानी दरबारबाट आई युवराज महादेवलाई राजपाठ सुम्पेर राजा दम्पती जीवन उत्तरार्ध व्यक्तिको लागि राजकुमारको सम्झनाबाट विह्ल भएका मातापिता छोराले बुध्दत्व प्राप्त गरेको जंगलको फेदिमा रहेको कङ्कमणी(शंखेश्वरी खोला) तिर्थमा आएर ध्यानमा बसे र त्यहीँ दुबैले भौतिक जीवन उत्सर्ग गरे । उहाँहरुको सम्झनामा शंखेश्वरी किराँत कालिन शैलिमा खुल्ला मन्दिर स्थापना भएको छ ।

मन्दिर साविक शंखुपाटीचौर वडा नं ९ हाल धुलिखेल नगरपालिका वडा नम्वर १२ मा पर्छ। महारानी सत्यवतीको सेवा तुल्य गर्दै राजकुमार महादेव र महाप्रसादले पनि त्यहि पुण्य तिथिमा देह त्याग गरि स्वर्ग लोक प्रस्थान हुनु भएको महाराज महारथ त्यहीँ ठाउँमा ध्यान गरी सिद्ध प्राप्त गरेको हुनाले सिद्धकालीको नामले प्रख्यात थियो । पछी एक जना वटुकले त्यस स्थानमा स्नान गरि सूर्यलाई अर्घ दिएको स्वरुप प्रत्यक्ष देखेको शंखेश्वरी नाम रहन गएको हो भन्ने भनाई र माता शंखेश्वरीले अर्घ दिएको शंख आकारको गाउँ हुनाले शंखु नाम समेत रहन गएको हो भन्ने भनाइ सत्यनारायण मानन्धरको पुस्तकबाट लिएको हो।साविक काभ्रे मण्डल अन्तर्गत फुलबारी शंखु निवासी काष्ठमण्डप अन्तर्गत ठमेल बस्ने निलकण्ठको नाती लोकनाथको छोरा धनकुमारीको द्दितिय पुत्र हरिनाथ शर्मा प्याकुरेलले शंखेश्वरी मन्दिर तथा शंखेश्वर महादेवमा रुद्रि(चण्डी पाठ दान श्राद्ध पुजा गरि मन्दिर १९८० मा मर्मत संभार र मन्दिर पुन निर्माण गरेको भन्ने बुढापाकाहरुको भनाइ रहेको छ ।

पुनश्चःशंखेश्वरीलाई शंख नामका राजाले स्थापना गरेको हुँदा शंखेश्वर र महादेवको शक्तिलाई शंखेश्वरीको साथमा त्यहिँ नजिकैको दूवारपाललाई नन्दी भृन्दी भन्ने पनि चलन छ ।हाल यो मन्दिर बिक्रम सम्वत २०८१ साल असोज ११ र १२ गतेको अविरल वर्षाले बगाई क्षतिवक्षत भएको छ।उक्त मन्दिरको पुरातात्विक शिला (मूर्ति बाहेक)कुनै पनि भौतिक संरचना अवशेषको रुपमा बाँकी नरहेको जानकारी गराइन्छ।नमोबुद्ध माथि देखि गन्धमादन पर्वतको पहिरो आई, लेदो माटो, वर्षाले गर्दा उक्त मन्दिर बगाई यस भेगका ऐतिहासिक, साँस्कृतिक, पर्यटकिय महत्व माथिनै प्रश्न चिन्ह उठेकोले, सो साँस्कृतिक र धार्मिक दृष्टिकोणले महत्वपूर्ण मन्दिर पुनःनिर्माण सहयोग जुटाउन सम्पूर्ण सरकारी, गैह्रसरकारी, राष्ट्रिय, अन्तराष्ट्रिय संघ, संस्था, स्थानीय निकायहरु एवं सम्पूर्ण शुभ चिन्तक महानुभावहरुमा हार्दिक अनुरोध गर्दै उक्त धार्मिक आस्थाको धरोहर नमोबुद्ध स्तुपा सँग–सँगै स्थापना भएकोले सो को पुन निर्माण कार्यमा हातेमालो गर्न हार्दिक अपिल गर्दर्छाै ।

कहिले लाग्छ मेला ?
जिल्लाकोउक्त ऐतिहासिक, पर्यटकीय, धार्मिक एवं रमणीय स्थान नमोबुद्ध नगरपालिका११ नमोबुद्धमा कात्तिक शुक्ल पूर्णिमाका अवसरमा लाग्ने मेलाको तयारी सकिएको छ । नमोबुद्ध जानु अघि शंखेश्वरीको दर्शन गर्न प्रचलन छ । पनौती हुँदै शंखेश्वरी पुगिन्छ । सोहि स्थानबाट नमोबुद्ध जाने गरिन्छ । नमोबुद्ध पुग्नु अघि शंखेश्वरीको दर्शन गर्नु पर्छ भन्ने मान्यता छ । सोहि इतिहास बोकेको शंखेश्वरी मन्दिर असोज १०–१२ को वाढीले क्षतविक्षत बनाएको छ । यो वर्ष कात्तिक २९ गते राति देखि मेला लाग्नेछ । तामाङ समुदायले आफ्ना पितृहरुको मोक्ष तथा आत्मा शान्तिका लागि नमोबुद्धमा बत्ति बाल्ने प्रचलन छ । अन्य ब्यक्तिहरु सोहि अवधीमा नमोबुद्धमा पुग्दा मनोकामना पुरा हुने विश्वास रहेको स्थानीय अमरबहादुर तामाङले बताए । सन्तान नहुने दम्पतीहरु पनि नमोबुद्धमा पुगेर सन्तानको कामना गर्दा प्राप्ति हुने विश्वास रहेको उनले बताए । करिब ६ हजार बर्ष पहिले राजा सिंघत छेन्पो नाम गरेका राजाले राज्य गर्थे । उनका ३ भाई छोराहरु क्रमसः जेठा, माइला र कान्छा ड्राआ छेन्पो, लाहा छेन्पो, सेमचेन छेल्पो थिए । जेठा र माईला राजकाज एवं युद्धकलामा निपूर्ण रहेका र कान्छा छोरा सुशील, दयालु र सहनशील स्वभावका थिए । उनै कान्छा छोरा सेमचेन छेल्पोले आफ्ना पाँच ओटा डमरु सहितकोबघिनीभोको र अचेत रुपमा सुतिरहेको अवस्थामा देखि आफ्नो तिघ्राको मासु टुक्राटुक्रा पारी, छाती खोपेर रगत निकाली बघिनीलाई खुवाएको इतिहास रहेको पाइन्छ । साथै उक्त राजकुमार नै पछि गएर गौतम बुद्ध बनेको र पाँचवटा बघिनीका बच्चाहरु शिष्य भएको साथैतिनै राजकुमारको नामबाटनमोबुद्ध रहन गएको किम्बदन्ती छ ।

बौद्धमार्गीहरुको नेपालमा भएका प्रमुख चार धाम (बौद्धनाथ, लुम्बिनी, स्वयम्भू र नमोबुद्ध) मध्ये एक नमोःबुद्ध (१,८०० मिटर) सँग शाक्य मुनि गौतम बुद्धको पूर्व जन्मको इतिहास जोडिएको छ । राजा महारथका तीन छोरा मध्ये दयालु कान्छो छोरा महासत्वले वन घुम्न जाँदा पाँच डमरुकी वृद्ध आमा बघिनीले भोकले व्याकुल भएर आफ्नै बच्चालाई झम्टन खोजेको देखी आफ्नै शरीरको मासु काटेर बघिनीलाई खुवाएको तथा अर्काे जुनीमा सिद्धार्थ गौतमका रूपमा लुम्बिनीमा जन्मिएको किम्बदन्ती रहेको छ । पछि, बघिनी सिद्धार्थकी कान्छी आमा प्रजावतीका रूपमा तथा डमरुहरू बुद्धका चेलाका रूपमा जन्म लिएको विश्वास गरिन्छ । महासत्वका कपडा र हाडखोर बटुलेर तल भञ्ज्याङमा चैत्य (स्तूप) बनाइएको विश्वास गरिन्छ । बुद्धत्व प्राप्त गरेपछि चेलाहरूसँग काभ्रेको श्यामपाटीमा आएका गौतम बुद्धले त्यो चैत्यलाई तीनपटक घुमेर नमन गरेको कारण सो स्थानलाई नमोःबुद्ध भनिएको भन्ने भनाइ रहेको छ । डाँडा माथिका गुम्बा पछि मात्र बनाइएको हो ।

अध्यात्म, प्रकृति र संस्कृतिको त्रिवेणीधाम नमोःबुद्ध शान्त र शीतल छ । हावाले फर्फर गरिरहेका रंगीन ध्वजा र लुङदारहरुले डाँडै झकिझकाउ देखिन्छ । डाँडाबाट मकालु, चोयु, गौरीशङ्कर, जुगल, फुर्बीघ्याचु दोर्जेलाक्पा, लाङटाङ, गणेश र मनास्लु जस्ता हिमालहरू आँखै अगाडि देखिन्छन् । त्यहाँबाट चारै तिर सुन्दर हरिया डाँडाकाँडा र बस्तीहरू पनि देखिन्छन् । नमोः बुद्धसम्म पनौती वा धुलिखेल वा काभ्रेभञ्ज्याङ वा दाप्चाबाट मोटर बाटो भए पनि काठमाडौंबाट नजिकै रहेको नमोःबुद्ध क्षेत्रमा चारैतर्फ जानका लागि अनेकौँ सुन्दर हाइकिङ मार्गहरू पनि रहेका छन् ।