इमान्दारिता खस्कँदै ‘जालसाँजी’ मा मुद्दा
बद्री तिमल्सिना
धुलिखेल
जघन्य अपराध सँगै आफन्त वा चिनेजानेकाहरुबाट बालबालिका र महिलाहरु बलात्कृत हुने क्रम बढेको छ । प्रविधिको विकाससँगै भित्रिएको विकृतिबाट केहि घटना बढेको प्रहरीको निश्कर्ष छ । जिल्लामा आर्थिक वर्ष २०८०/२०८१ मा मात्रै जर्बजस्ती करणीका ५६ वटा मुद्दा दर्ता भएका छन् ।
हाडनाता करणीका ५ वटा दर्ता भएका छन् । जबरजस्ती करणी उद्योग ३ वटा दर्ता भएका छन् । बाल यौन दुरुपयोग १४ वटा र अप्राकृतिक मैथुन २ वटा दर्ता भएका छन् । करणी सम्वन्धी कसूरमा एक वर्षको अवधीमा ८० वटा मुद्दा दर्ता भएका छन् । करणीमा पर्नेहरु बच्चा देखि बृद्धसम्म छन् । बालक, बालिका र जेष्ठ नागरिक महिलासम्म छन् । गर्भ संरक्षण विरुद्धको कसूर सम्वन्धी एउटा मुद्दा दर्ता भएको छ । कुटपिट वा अंगभंग सम्वन्धी कसूरमा ६ वटा मुद्दा दर्ता भएका छन् । बहुविवाह सम्वन्धी एउटा, बालविवाह सम्वन्धी एउटा मुद्दा दर्ता भएको छ । ठगी, आपराधिक विश्वाघात तथा अपराधिक लाभ सम्वन्धी कसुरमा १६ वटा मुद्दा दर्ता भएका छन् । लिखत सम्वन्धी ६ वटा कसुर दर्ता भएका छन् । दुरुत्साहन सम्वन्धी २ वटा मुद्दा दर्ता भएका छन् । मानव बेचविखन सम्वन्धी ६ वटा, नागरिकता सम्वन्धी १० वटा मुद्दा दर्ता भएका छन् । लागु औषध हिरोईन सम्वन्धी २ वटा, गाँजा/चरेश सम्वन्धी १४ वटा मुद्दा दर्ता भएका छन् । लागु औषध सम्वन्धी अन्य ४ वटा मुद्दा दर्ता भएका छन् । सवारी ज्यान वा अंगभंग वा घाईते भएका कसुरमा ५५ वटा मुद्दा दर्ता भएका छन् । जुवा सम्वन्धी कसुर एउटा मुद्दा दर्ता भएका थियो । बैकिङ्ग कसुर सम्वन्धी ७७ वटा मुद्दा दर्ता भएका छन् । क्षतिपुर्ति सम्वन्धी सहकारी ठगीमा २ वटा मुद्दा दर्ता भएका छन् । संगठित अपराध सम्वन्धी २ वटा मुद्दा दर्ता भएका छन् । साईबर अपराधमा १ वटा मुद्दा दर्ता भएको छ । बालबालिका सम्वन्धी २ वटा मुद्दा दर्ता भएका छन् ।
एक वर्षको अवधीमा जिल्लामा भुमि सम्वन्धी २ वटा, करार तथा अन्य दायित्व सम्वन्धी ३४ वटा मुद्दा दर्ता भएका थिए । मिलापत्र बदर सम्वन्धी २, फैसला बदरमा १०, खानेपानी विवाद सम्वन्धी १, अन्य २ गरी १५ वटा मुद्दा देवानीमा दर्ता भए । सार्वजनिक अधिकारीको अख्तियार अवज्ञा सम्वन्धी कसुरमा ३ वटा, सार्वजनिक हित, स्वास्थ्य, सुरक्षा, सूविधा र नैतिकता विरुद्ध २० वटा र विस्फोटक पदार्थ सम्वन्धी कसुरमा २ वटा मुद्दा दर्ता भए । छुवाछुत तथा भेदभाव गर्ने सम्वन्धी एउटा मुद्दा दर्ता भएको छ । अदालतको अवहेलना सम्वन्धी ४ वटा मुद्दा दर्ता भए । किर्ते १३, जालसाजी ३ सय १९, गाली बेईज्जती १६, घरेलु हिंसा सम्वन्धीका ४ वटा मुद्दा दर्ता भए । जिल्ला अदालतमा दुनियाँवादी फौजदारी, सरकारवादी फौजदारी, विशेष ऐन अन्र्तगतका सरकारवादी फौजदारी, विशेष ऐन अन्र्तगतका, सरकारवादी देवानी, दुनियाँवादी देवानी प्रकृतिका गरी जिल्ला अदालतमा आर्थिक वर्ष २०८०/२०८१ मा ३ हजार २ सय ९५ वटा मुद्दा दर्ता भएका छन् । जस मध्ये १ हजार ९ सय ३८ वटा फैसला भए । चालु वर्षका लागि १ हजार ३ सय ५७ वटा मुद्दा जिम्मेवारी सरेका छन् । (यो समाचार आजको चेष्टा साप्ताहिकमा प्रकाशित छ ।)