काभ्रेपलाञ्चोक जिल्लाका १ सय ८८ विद्यालयमा भएको क्षतिको पूर्ण विवरण

देवका ढकाल
इकाई प्रमुख (उप सचिव)
शिक्षा विकास समन्वय इकाई, काभ्रेपलाञ्चोक

२०८१ असोज १०–१२ मा परेको अविरल वर्षातका कारण काभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकामा रहेका १ सय ८८ वटा विद्यालयमा क्षति पुगेको छ । केहि विद्यार्थीहरुको निधन भएको छ भने केहि विद्यालयमा बालबालिकाहरु अध्ययन गर्न नसक्ने अवस्थामा पुगेका छन् । केहि विद्यालय सामान्य मर्मत पछि संचालनमा आएका छन् । पछिल्लो तथ्यांक अनुसार जिल्लामा भएको विपद र त्यस पछिको अवस्थाका बारेमा यहाँ चित्रण गरिएको छ । शिक्षा क्षेत्रको राहत तथा पुनस्र्थापनाका लागि शिक्षा विकास तथा समन्वय इकाइ मार्फत विद्यालयमा भएको क्षतिको विवरण स्थानीय तह मार्फत संकलन गरि सकिएको छ । साथै जिल्ला अन्तर्गत शिक्षा क्षेत्रमा क्रियाशील गैर–सरकारी संस्थाहरुसँग समन्वयात्मक बैठक बसी स्थानीय तहसँगको समन्वयमा रहेर राहत तथा पुनस्र्थापनाका कार्य गर्न अनुरोध गरिएको छ । आवश्यक समन्वय, सहजीकरण तथा कार्यान्वयनका लागि जिल्ला भित्रका स्थानीय तहहरुलाई अनुरोध गरिएको छ भने विपदबाट भएको क्षतिको वित्तीय लेखाजोखा गर्नुपर्ने भएकोले विद्यालयको क्षति विवरण (भौतिक,मानवीय,प्रभावित विद्यार्थी तथा शिक्षक, शैक्षिक सामग्री आदी) संकलन गरी आईएमआईएसको ईआईई ट्यावमा प्रविष्टी गर्नुहुन तथा टिएलसीको आवश्यकता भएमा तत्काल यस इकाइ मार्फत शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा जानकारी पठाउन अनुरोध गरिएको थियो ।

प्रभावित स्थानीय तहमा विकास साझेदार संघ संस्थासँगको समन्वयमा स्थानीय शिक्षा समुह गठन गरी राहत, प्रतिकार्य तथा पुनस्र्थापनाका क्रियाकलाप सञ्चालन गर्न गराउनहुन र सोको जानकारी यस इकाइलाई समेत गराउन, प्रभावित विद्यालयमा भग्नावषेशहरुको सरसफाई गरी सुरक्षित शैक्षिक वातावरणको निर्माण गर्ने गराउने र विद्यालय तत्काल सञ्चालन गर्न सम्भव नभएमा वैकल्पिक शिक्षण सिकाईका विधि अपनाई शिक्षण सिकाइलाई निरन्तरता दिन आवश्यक सहजीकरण गर्ने गराउने, शिक्षा क्षेत्रको विपद् प्रतिकार्यका लागि प्रदेशमा रहेको कोषबाट राहत र पुनस्र्थापनाका लागि आवश्यक समन्वय गर्ने गराउने निर्णय गरी कार्यान्वयन गरिएको थियो । २०८१ कार्तिक २ गते शिक्षा विज्ञान तथा प्रविधि मन्त्रालयको आयोजनामा शिक्षा मन्त्री विद्या भट्टराईको उपस्थितिमा बाढी पहिरो प्रभावित जिल्लाका पदाधिकारीहरुसँग भएको भर्चुअल बैठकमा सहभागी भएर जिल्ला भित्रका विद्यालयहरुमा भएका भौतिक तथा मानवीय क्षतिको संक्षिप्त जानकारी गराईएको र विषयगत समितिको बैठकका निर्णय सोको कार्यान्वयन, विद्यालयगत रुपमा क्षतिको विवरण संकलन तथा प्रमाणिकरण, क्षति प्रभावित विद्यालयमा पठनपाठन सुचारु गर्ने तयारी र निकायगत भुमिका, विद्यालय सरसफाई, मर्मत, पुननिर्माण आदि विपद् व्यवस्थापनको लागि स्रोत व्यवस्थापन लगाएतका विषयमा छलफल गरिएको छ ।

काभ्रेपलाञ्चोक जिल्लामा क्षति भएका विद्यालयको पालिकागत संख्याः

काभ्रेपलाञ्चोक जिल्लाका १ सय ८८ विद्यालयमा भएको क्षतिको पूर्ण विवरण