मण्डनेको 'शान्ता' सार्वजनिक
अक्षरमार्गले साहित्यकार डा. गोपाल पौड्याल मण्डनेको शान्ता खण्डकाव्य प्रकाशन गरेको छ । सो खण्डकाव्यको हालै एक कार्यक्रम बीच लोकार्पण भएको छ।
पुस्तकको लोकार्पण कार्यक्रमका प्रमुख अथिथि डा. शैलेन्दुप्रकाश नेपाल, साहित्यकार सूर्यप्रसाद लाकोजू, काव्यकार गोपाल मण्डने, समालोचक गीता रेग्मी, लोकगायक मच्छेश्वर सापकोटा तथा उपस्थित स्रष्टा एवम् पत्रकाररूले संयुक्त रूपमा गरेका थिए ।
नेपाली भाषा र साहित्यमा समर्पित अक्षरमार्गले नेपाली वाङमयका मूर्धन्य विद्वानहरूको सिर्जनाका साथसाथै नेपाली साहित्यमा भर्खर कलम चलाएका प्रतिभाहरूलाई समेत अगाडि ल्याउने, साहित्यमा अगाडि बढाउने काम गर्दै आएको छ।
काभ्रे जिल्लाको मण्डन देउपुरमा जन्मेका गोपाल पौड्यालले नेपाली साहित्यका विविध विधामा कलम चलाउँदै आएका छन्। उनको यो खण्डकाव्यभित्र शान्ताको वियोगान्त कथा छ । त्योभन्दा पनि उनको अभिभावकलाई परेको पीडाको सजिव चित्रण छ ।