बेथानचोक गाउँपालिका प्रमुखलाई नेकपा(एमाले)ले बुझायो ध्यानाकर्षण पत्र

बनेपा/ बेथानचोक गाउँपालिका प्रमुखलाई भारी वर्षाका कारण गाउँपालिकामा भएको क्षति र जनजीवनमा परेको असरप्रति संवेदना व्यक्त गर्दै नेकपा(एमाले) बेथानचोक गाउँपालिका कमिटीले ध्यानाकर्षण पत्र बुझाएको छ ।
विपदमा सामान्य राहत पाएपनि वास्तविक पिडितको पहिचान गरि पुर्न निर्माण तथा पुनबासको योजना बन्न नसकेको भन्दै आज नेकपा(एमाले) बेथानचोक गाउँपालिका कमिटीले ध्यानाकर्षण पत्र बुझाएको हो ।
नेकपा(एमाले) बेथानचोक गाउँपालिका कमिटीका अध्यक्ष कमल प्रसाद तिमल्सिनाद्धारा हस्ताक्षरित ध्यानाकर्षण पत्रमा विपदको समयमा अवरुद्ध भएका सडक, विद्युत, खानेपानी लगाएका संचरना निमार्णमा भएको खर्चको विवरण तत्काल सार्वजनिक गर्न उल्लेख गरिएको छ । त्यसैगरि क्षति भएको खानेपानी तथा सिचाइको तत्काल मर्मत सुधार गरि सञ्चालन गर्न र पक्की संरचना निर्माणको योजना बनाउन उल्लेख गरिएको छ ।
बेथानचोक गाउँपालिकामा विपदमा परेर १३ जनाको मृत्यु भएको थियो ।
ध्यानाकर्षण पत्र यस्तो रहेको छ


