छविलाल जोशीलाई बयानका लागि काठमाडौं ल्याइयो
काठमाडौं / सहकारी ठगी कसुरमा कास्की प्रहरीको हिरासतमा रहेका पूर्व डीआइजी एवम् गोर्खा मिडियाका पूर्वसञ्चालक छविलाल जोशीलाई काठमाडौं ल्याइएको छ।
जोशीविरूद्ध काठमाडौं जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि उनलाई मंगलबार बेलुका फ्लाइटबाट काठमाडौं ल्याइएको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी बसन्त रजौरेले जानकारी दिए।
उहाँलाई हिँजै ल्याएर परिसरको हिरासतमा हुनुहुन्छ। अनुसन्धानको आवश्यक काम आजदेखि सुरू हुन्छ,एसएसपी रजौरेले भने।
पोखराको सूर्यदर्शन सहकारी सहकारीको बचत अपचलन प्रकरणमा गत असोज ६ गते जोशी पक्राउ परेका थिए।
ीबहmष् दबलप
त्यहीबीचमा रूपन्देहीको सुप्रिम सहकारीको बचत हिनामिनामा संलग्न रहेको आरोपमा जिल्ला अदालतले पक्राउ पुर्जी जारी गरेपछि बयानका लागि उनलाई रूपन्देही पनि लगिएको थियो।