प्रधानमन्त्री ओलीले एमालेको सभालाई दिउँसो १ः३० बजे सम्बोधन गर्ने
काठमाडौँ, मङ्सिर ७ गते । सत्तारुढ नेकपा ९एमाले०ले काठमाडौँको दरबारमार्गमा आज सभा गर्दैछ । सभालाई दिउँसो साढे एक बजे प्रधानमन्त्री एवम् नेकपा ९एमाले०का अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्नेछन् ।
सभाअघि एमालेले काठमाडौँको भद्रकालीबाट र्याली निकाल्दै छ । र्याली सुन्धारा, रत्नपार्क हुँदै दरबारमार्ग पुगेर सभामा परिणत हुने र यो सभालाई एमालेले ‘जागरण सभा’ नाम दिएको छ ।