आईडिया बैंकः अनेरास्ववियु काभ्रेले ५१ वटा आईडियाबाट उत्कृष्ट आईडिया सार्वजनिक गर्दै
बनेपा/अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन काभ्रेले आगामी मसिंर १४ गते विहान ११ बजे काठमाडौ विश्वविद्यालयमा आईडिया बैक कार्यक्रम मार्फत ५१ आईडियाबाट उत्कृष्ट आईडिया सार्वजनिक गर्ने भएको छ । अध्यक्ष मिलन गौतमले बनेपामा आयोजित पत्रकार सम्मेलनमा आईडिया बैकको उदेश्य, आईडिया बैक संचालन र त्यसका बारेमा जानकारी दिएका थिए ।
विद्यार्थी, युवा, उद्यमी र नवप्रवर्तकहरुको सोचलाई प्राज्ञिक र ब्यावसायिक रुपमा स्थापित गर्ने उदेश्यले अनेरास्ववियुले आईडिया आब्हान गरेको थियो । आब्हान गरिए अनुसार विभिन्न क्षेत्रका ५१ वटा आईडियाहरु बैकमा समावेश भएका छन् । सोहि आईडियाहरुबाट विज्ञहरुको समुहले उत्कृष्ट १० वटा छनौट गरेको छ ।
उत्कृष्ट १० बाट सोहि दिन उत्कृष्ट ३ वटा छनौट गरिनेछ । उत्कृष्ट भएका आईडियाहरुलाई नगद सहित पुरस्कृत गरिनेछ । प्रथम हुनेलाई ५० हजार, दोश्रो हुनेलाई ३० हजार र तेश्रो हुनेलाई २० हजार नगद पुरस्कार उपलब्ध गराईने अध्यक्ष गौतमले जानकारी दिए ।
युवाहरुलाई सिर्जनशिलता र नविनतामा आधारित उक्त कार्यक्रमका लागि विभिन्न क्षेत्रका ब्यक्ति र संघ संस्थाहरुले सहयोग गरेका छन् । पत्रकार सम्मेलनमा विद्यार्थी नेताहरु सुमन जैरु, युवराज दाहाल, विमला तिमल्सिना लगायतले आईडिया बैक र विद्यार्थीहरुले गरेकानविनतम कार्यक्रमका बारेमा जानकारी गराएका थिए ।