राष्ट्र र समाज प्रतिको दायित्व भुल्ने छैनौ

गत वर्ष आजकै दिनबाट हामीले मदानी विट डटकम शुभारम्भ गर्यौं । ‘हरेक सुचनाको मन्थन
पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन’ भन्ने हाम्रो मोटोलाई हामीले यो एक वर्ष शशक्त रुपले ब्यवहारमा प्रयोग गर्यौं । त्यहि आधारमा नागरिकहरुलाई सूचना दिने हाम्रो प्रयास जारी रह्यो । हामीले कुनै समय  नागरिकलाई सूचनाबाट बञ्चित गराएनौं । राष्ट्रिय तथा अन्तराष्ट्रिय स्तरका सूचना होस वा आर्थिक, सामाजिक, राजनीतिक, खेल लगायतका समाचारबाट हामीले समाज र नागरिकलाई सु–सुचित गर्ने जमर्काे गर्यौं । समाजमा हुने हरेकखालका गतिविधिहरुलाई सूचनाका रुपमा पत्रकारिताको धर्म निर्वाह गर्दै सूसुचित बनाउने प्रयत्न गर्यौं । त्यहि सूचनाका आधारमा पाठकहरुको भरपुर मायाले हामीलाई सहजै रुपमा दोश्रो वर्ष प्रवेश गराएको छ । 
समाजमा यतिखेर निराशा बढिरहेको छ । राजनीतिक दलहरु प्रति वितृष्णा बढाउने प्रयत्न गरिएको छ । अराजकता मौलाउन थालेको छ । यसलाई समयमा नै नियन्त्रण नगर्ने हो भने समाजले खोजे जस्तो राष्ट्र निर्माण कठिन छ । नियम, कानून, संविधान भन्दा माथि रहेर हरेक नागरिकहरु बोलिरहेका छन् । सामाजिक सञ्जाल छाडा हुन थालेका छन् । मर्यादा भन्ने विषय नै गौण बन्न थालेको छ । जिम्मेवारीता र उत्तरदायित्वबोध हुन छाडेको छ । प्रमाणित भन्दा अप्रमाणीक विषयले समाजमा स्थान पाउन थालेको छ । यस्तो अवस्थामा मुलुकका दुई प्रमुख ठुला दल सरकार संचालन गरिरहेका छन् । सरकारले खेल्नु पर्ने भूमिका र राजनीतिक दलहरुले निभाउनु पर्ने दायित्व कतै कमजोर पो भईरहेको छ कि ? दल र सरकारले आत्मसमिक्षा गर्नु जरुरी छ । 
भुकम्प, कोरोनाले थलिएको मुलुकमा समय समयमा हुने घटनाक्रमले नागरिकहरु त्रसित छन् ।  युवाहरु खाँडी जाने क्रम रोकिएको छैन । युरोपमा गएर जीवन समृद्ध बन्ने नाममा कलिला बालबालिकाहरु विद्यार्थी भिसामा विदेशिन थालेका छन् । राज्यले दक्ष जनशक्ति गुमाउँदै गएको छ । विकास निर्माणका केहि नयाँ आयामहरु शुरु भए पनि स्थायित्व छैन । काभ्रेपलाञ्चोक लगायतका जिल्लामा असोज १०–१२ मा गएको बर्षातले अरबौको क्षति भएको छ । नागरिकहरुले अझै राहत पाउन सकेका छैनन । सहकारीहरुमा राखिएका बचत रकम नागरिकहरुले फिर्ता पाउन सकेका छैनन । जग्गा कारोवारमा मन्दि छ । शेयरमा हुने लगातारको उतार चढावले लगानीकर्ता त्रसित छन् । ब्यवसायमा मन्दी छ । 
यस्तो विषम परिस्थितीमा नागरिकहरु प्रति आशा जगाउँदै समाज र राष्ट्रको समुन्नत विकासका लागि मदानी विट अनलाइनले दायित्व पुरा गरेको छ । मदानी साधन र साध्य दुवै हो । यसले मथेल्ने काम मात्रै गर्दैन परिणाम पनि निकाल्छ । समाजका हरेक आयामहरुलाई मथेलेर सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने उदेश्य एक वर्षको अवधीमा शतप्रतिशत पुरा गरेको छ । राष्ट्र र राष्ट्रियताका सवालमा, नागरिकहरुको जनजीविकासँग सम्वन्धित विषयमा चुकेका छैनौं । झुकेका छैनौ । नागरिकहरुको मियोका रुपमा स्थापित भएका छौं । समाजका हरेक विकृती र विसंगतिहरुलाई मथेल्दै लगेका छौं । सत्य, तथ्य र निश्पक्ष सामाग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गर्ने निरन्तरको अभिभारालाई आगामी वर्ष पनि निरन्रत पुरा गर्न प्रतिवद्ध छौं । 
यो यात्रामा विभिन्न क्षेत्रबाट, फरक फरक तरिकाले निरन्तर साथ र सहयोग पुर्याउनु हुने सम्पूर्णमा हार्दिक ब्यक्त गर्दर्छाै ।