‘पाइलाहरू सार्दै गर’ मदानी बिट डट कम
उद्देश्य के लिनु उडी छुनु चन्द्र एक कवि लक्ष्मीप्रसाद देवकोटाको महावाणीको सार भएको छ । मदानी बिट डट कम नाम जस्तै चम्किएको छ । नेपालीहरू जहाँ पुगेका छन् त्यहाँ सम्म संसारभर मदानी बिट डटकम फैलिएको छ । समाचारको दुनियाँमा आज भोली क्षणभरमा अनलाइन समाचार सप्रेषण गर्नु परेको छ । एउटै घटना, कार्यक्रमहरूमा पनि समाचार पिच्छे फरक फरक हुनाले सही समाचार पाउन पनि गाह्रो भएको छ ।
जसलाई जुन मिडिया मन पर्छ मानिसहरू त्यही मिडियाको समाचारमा विश्वास गर्छन् । काभ्रेमा चेस्टा साप्ताहिकले बर्षाे देखीको योगदानले पनि मदानी बिट डटकमको लोकप्रियता चुलिएको हो । अहिले धेरैको रोजाईमा मदानी बिट डटकम परेको छ । स्पष्ट वाचक निडर मोतीराम तिमल्सिनाले नेतृत्व गरेको टिमले सफलता पाउनु आश्चर्यको बिषय होइन । जहाँ लगनशीलताका साथ मेहनत गरिन्छ अवश्य पनि सफल भईन्छ । विभिन्न आरोह अवरोह र चुनौतीहरूलाई सामना गरेर मानिसहरू सफलताको शिखरमा पुग्दछन । साहसी नभई सगरमाथा चढ्न सकिँदैन त्यसरी नै चुनौती र समस्याहरूको सामना नगरी कुनै पनि संचारमाध्यम चलाउन सकिँदैन । काभ्रेमा चम्किएको शीर्ष पत्रकारको रूपमा मोतीरामले आफ्नो नाम दर्ता गरि सकेका छन् । त्यसैको प्रतिफल हो आधुनिक मिडिया क्षेत्रमा स्थापित मदानी बिट डटकम । जसमा विभिन्न विषयगत लेख रचना, जात्रा विशेष मठ मन्दिर, धर्म संस्कृती, आर्थिक, सामाजिक र राजनीतिक विषयहरूले स्थान पाएको छ । देश देखि विदेश सम्मका समाचार क्षणभरमै विश्वमाझ पु¥याउन सकिने सञ्चार माध्यमको रूपमा अचेल च्याउ सरी उम्रिएका छन् अनलाइन मिडियाहरू । स्थापना गर्नु ठुलो कुरा होइन । मिडिया क्षेत्रमा टिकिरहनु ठुलो कुरा हो । सञ्चार माध्यम सस्तो लोक प्रियतामा पत्रकारको मर्यादा भुलेर युट्युबर बनेर नितान्त व्यक्तिगत जीवनको घृणित कार्यहरूको पनि समाचार बनाउन थालेका छन । कसको श्रीमती पोइल गयो ? किन पोइल गयो ? आदि इत्यादि भुईँ मान्छेहरूको अश्लील व्यवहारलाई पनि मिडियामा स्थान दिन थालेको छ । यस्तो कार्यबाट अलग रहेर काभ्रेको पहिचानको रूपमा खडा रहेको सञ्चार एवं सूचना प्रविधिको विकासमा योगदान पु¥याउन सफल मदानी बिट डटकमले हरेक सूचनाको मन्थन, पारदर्शिता र निष्पक्षताको प्रवद्र्धन आफ्नो प्रतिवद्दतालाई पूरा गरि दोस्रो वर्षमा प्रवेश गरेको सुखद उपलक्ष्यमा मदानी बिट डटकम परिवारलाई हार्दिक धन्यवादका साथ अझै सफलताको शुभकामना व्यक्त गर्दछु । तिम्रा पाइलाहरू सार्दै गर, तिम्रा डोबहरु मेटिँदै जान्छ, सफलताको शिखर चुम्नु छ । तिमीले मेहनत गर सधैँ भरी ।
बनेपा नगरपालिका १४, साँगा, काभ्रे