परराष्ट्रमन्त्री आरजु राणा चीन प्रस्थान

परराष्ट्रमन्त्री डा. आरजु राणा देउवा चीन प्रस्थान गरेकी छन् । आज (बिहीबार) मध्याह्न उनी सिचुआन एयरलाइन्सको जहाजबाट चीनको छेन्दुङ प्रस्थान गरेकी हुन् ।

चिनियाँ विदेशमन्त्री वाङ यीको मैत्रीपूर्ण निमन्त्रणामा उनी चीन गएकी हुन् ।

भ्रमणका क्रममा परराष्ट्रमन्त्री डा. राणाले मङ्सिर १४ गते चिनियाँ समकक्षीसँग द्विपक्षीय वार्ता गर्ने कार्यक्रम रहेको मन्त्रालयले जनाएको छ । परराष्ट्रमन्त्री डा. राणा मङ्सिर १५ गते स्वदेश फर्कनेछिन् ।