दुर्गा प्रसाईंमाथि अनुसन्धान गर्न फेरि ५ दिन म्याद थप

विद्युतीय अपराध (साइबर क्राइम) को आरोपमा पक्राउ परेका दुर्गा प्रसाईंलाई थप ५ दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको छ।
ललितपुरको हरिसिद्धीस्थित नेपाल क्यान्सर अस्पतालमा भर्ना गरिएका उनलाई साइबर ब्यूरोले म्याद थपका लागि शुक्रबार जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतले थप ५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो।
प्रसाईलाई बिहीबार बेलुकादेखि क्यान्सर अस्पतालमा भर्ना गरिएको छ।
प्रसाईंले प्रधाननमन्त्री केपी शर्मा ओलीको नाममा कम्बोडियामा लगानी रहेको भन्दै अभिव्यक्ति र नक्कली कागजात सार्वजनिक गरेपछि पक्राउ परेका हुन्।
उनीमाथी विद्युतीय अपराधमा अनुसन्धान भइरहेको छ।
यसपछि उनलाई कीर्तेको आरोपमा पनि अनुसन्धान गर्ने प्रहरीको तयारी छ।