तेल भिसाले पनि आँसु चुहायो

हामी अस्ट्रेलियामा छदा अस्ट्रेलियाको एउटा घटना आफ्नो आमा बुबालाई अस्ट्रेलियामा बोलाएर छोरा बुहारीले गरेको व्यवहार टिकटकमा निकै भाइरल भएको थियो । त्यसै ताका अमेरिकामा पनि एउटा घटना घट्यो । त्यसै घटनाको आधार लिएर श्रृचा घिमिरेको प्रस्तुति तेल भिसा अहिले प्रदर्शनीमा रहेको छ । वेलडन क्रियसनको ब्यानरमा बनेको फिल्म अनिल पाण्डे र शिवराज कार्कीको लगानी रहेको छ भने फिल्म लेखन र निर्देशन शंकर घिमिरेका हुन । मुख्य भूमिकामा विपिन कार्कीको बाबु छोराको दोहोरो भूमिका रहेको छ । कथाको मूल पात्रको रूपमा आमा पूजा चन्दले अभिनय गरेको फिल्ममा बुहारी वर्षा राउतले सशक्त भूमिका निभाएकी छिन् । सानो सानो कुरामा पनि निहुँ खोज्ने अहमता पन विदेशमा कमाउने बुहारीको स्वार्थीपनमा श्रीमानको भूमिका कस्तो रहन्छ भन्ने देखाउन खोजिएको छ । फिल्मको अर्को पक्ष भनेको मानिसहरू सुखमा आफन्तहरू टाढिन्छ र दुखमा आफन्तहरू जोडिन्छ भन्ने सन्देश पनि छ । बुद्धिमान तामाङ सुचिता उप्रेती लगायत पाहुना कलाकार दिलीप रायमाझी सुशील क्षेत्री अरुणिमा लम्साल बिमलेस अधिकारी अनुराग कुवरले बेबिसावर पार्टीमा नाचेका छन् । थोरै कलाकार र विदेशीहरूले पनि अभिनय गरेको देखिन्छ । अमेरिकी सरकार सँग अनुमति लिएर बनाएको यस फिल्ममा धार्मिक सांस्कृतिक रहन सहन र वैचारिक हिसाबले दुई फरक देशको भिन्नताले ल्याएको सामाजिक र कानुनी असरले सिर्जना भएको घटनामा दोषी को र कसरी रु दुई देशको समुदाय बिचको कानुनी अधिकारमा बाल शोषणको बारेमा सृजना भएको कानुनी अधिकारको बारेमा देखाउन खोजेको कानुनी बहस हेर्न लायक न्यायोचित छ ।

नेपालीहरू आफ्नो देशमा नियम कानुनबाट नतर्सिने र बिदेशी भूमिमा अनजानको गल्तीको सामना गर्नु परेको बाल अधिकारको बारेमा राम्रो र महत्त्वपूर्ण सन्देश मिलेको छ । सायद नेपाली धर्म संस्कृतीको बारेमा प्रस्तुत प्रमाणहरू नभएको भए आमाले न्याय पाउने थिएन । नेपाली समाज ठुलाबाट सबैले सिकेका हुन्छन् । सन्तानको स्याहार सुसारको बारेमा आफू भन्दा ठुलालाई अभिभावक आमालाई सिकाउन पर्दैन कि न कि त्यही आमाको स्याहार सुसारबाट हुर्किएको बच्चाको बाउ म थिए । म कसरी आमालाई आफ्नो बच्चाको रेखदेखको बारेमा आमालाई भनौँ , कसरी सिकाऊ रु निकै मर्म स्पर्शी वाक्य थियो । जहाँ कुमारी बालीकालाई देवता मान्छन ।आमा भनेकी भगवान् ठान्छ । तिनै आमा याँहा दोषी हुन सक्दैन ।कि न कि सबैको अभिमत निर्दोष थियो । हजुर आमाले कपडा बिनाको नातिनीको शरीरमा कुनै अश्लीलता देख्दैन । यो हाम्रो धार्मिक परम्पराले पनि हो । महिनौँ दिन सम्म बच्चा र आमालाई घाममा तेल लाउन मिल्छ ।

तेल भिसा फिल्ममा अमेरिकाको अदालतबाट चन्दा शाह दोष मुक्त भएर जेलबाट छुटेको छ । वास्तविक सत्य घटनामा एउटी अबोध नेपाली महिलाले अमेरिकाको कानुन अदालतबाट न्याय पाएको थियो । मेरो आँखाबाट टपक्क आँसु चुहियो । कठै मेरो देश १ न्याय नपाए गोरखा जानू भन्थ्यो ।
सत्य घटनामा आधारित फिल्मले धेरैको मन छुन नसक्ला तर जुन परिवार समाजका छोराछोरी बिदेशिएको छ उनिहरुलाई यस फिल्मले बढी प्रभाब पार्न सक्छ । अहिले तेल भिषामा बिदेश जानेहरुको लर्को छ । नेपाली आमाबुबालाई बोलाउने सजिलो माध्यम पनि यही हो ।जसले गर्दा यो फिल्मले सचेतना जगाउने भुमिका निर्वाह गर्छ । आफ्नो सन्तान बिदेशिएकाहरुले एक पटक हेरी हाल्ने हुनाले पनि छोराछोरी बिदेशिरहेको अवस्थामा यो फिल्म धेरैको रोजाईमा परेको छ ।