मदानीलाई सफलताको शुभकामना !

वि.सं. २०८१ सालको मंसिर महिनाको ११ गते मंगलबारको दिन थियो । विहान सबेरैदेखि धुलिखेलस्थित हिमालय दृष्य रिसोर्टमा आयोजक र आगन्तुक अतिथिहरुको उपस्थिति भैरहेको थियो । समय झण्डै विहानको ९ बजेको थियो । कार्यक्रमस्थल एकाएक खचाखच हुन थाल्यो । संचार तथा सूचना प्रविधि मन्त्री तथा नेपाल सरकारका प्रवक्ता पृथ्वी सुब्क्बा गुरुङको पनि उपस्थिति भयो । होटलको सानो हल, एकचौथाई पनि मानिसहरु भित्र अट्न सकिएन । हलभन्दा बाहिरबाट सयौं मानिसहरुले उत्सुकताका साथ मदानीको प्रथम वर्षिक उत्सव नियाली रहेका थिए ।
मदानी विट पछिल्लो समय विधिवत स्थापित भएको एक अनलाइन न्युज पोर्टल हो । सामान्य र परिभाषित हिसाबले हेर्दा समेत मदानी आफैंमा साधन र साध्य दुवै हो । यसले मथल्ने काम मात्रै गर्दैन परिणाम पनि निकाल्दै आएको छ । खास अर्थमा मदानी भनेको दहिबाट मोही र नौनी निकाल्नका लागि प्रयोग गरिने एक प्रकारको साधन हो । जब मदानीबाट दहिलाई मथेलेर मोहि र नौनी छुट्याईन्छ त्यसरी नै समाजका हरेक आयामहरुलाई मथेलेर सत्य र निष्पक्ष समाचार सम्प्रेषण गर्ने काममा यो दत्तचित्त देखिन्छ । राष्ट्र र राष्ट्रियताका सवालमा, नागरिकहरुको जनजीविकासँग सम्वन्धित विषयमा यसको प्रखरता अब्बल छ । नागरिकहरुको सूचनाको मियोका रुपमा स्थापित बन्दै गएको छ । मदानीले दहि मथे झै समाजका हरेक विकृती र विसंगतिहरुलाई मथेलेर सत्य, तथ्य र निश्पक्ष सामाग्रीलाई पाठक तथा श्रोता र दर्शक समक्ष प्रस्तुत गर्दै अगाडी वढिरहेको छ । त्यसको सशक्त प्रमाण हो उसको प्रथम वार्षिक उत्सव समारहोमा देखिएको जिल्ला स्थित गन्ने मान्ने मानिसहरुको प्रभावकारी उपस्थिति !

राजनीतिक, आर्थिक, सामाजिक, स्वास्थ्य, मनोरञ्जन, खेलकुद लगायतका सबै विषय बस्तुहरुमा समाचार, लेख, रचना, अन्तरवार्ता, विचार, कथा आदिलाई दु्रुस्त र पाठकहरुको सहज पहुँच मार्फत चुस्त निष्पक्ष र पारदर्शि समाचार सम्प्रेण गर्ने कार्यमा यस पोर्टले आफ्नो कार्य सम्पादन गर्दै आएको छ । सुख दुःखकमो सारथी, प्राकृतिक विपद्को बेलाको खोज समाचार, गाउँ बस्ति, कुना कन्दाराका समाचार, भुई मान्छेका कथा र विचार, नलेखिएका नखोजिएकाहरुको आवाज, सफलता र असफलताका कथा, कृषि, शिक्षा, पर्यटन, पूर्वाधार, देश, समाज र विश्व परिबेशका घटना परिघटनाहरु पाठकहरु समक्ष प्रस्तुत गर्ने कार्यमा आपूmलाई एक नम्बरमा राख्न सफल भएको छ ।

ब्रेकिङ्ग न्युज, गहन लेख, विज्ञका विचार, खोजमुलक समाचार र विकास पत्रकारीतालाई समेत स्थान दिंदै आएको मदानीविट राज्यले लिएको नीति अनुरुप समाजको आर्थिक, सामाजिक, सांस्कृतिक रुपान्तरण मार्फत समग्र मुलुकको अर्थतन्त्रको विकासका लागि यसले पहलकदमी गर्नमा अब्बल छ । राज्यका विभिन्न निकायहरुका कामकारवाहीलाई निगरानी गर्दै राम्रा कामलाई अझै उत्साह भर्ने र गलत भएको भए त्यसको सत्य तथ्य विवरण पाठकहरु समक्ष प्रस्तुत गरोस् । जसका कारण नागरिकले सेवाप्राप्त गर्ने र सरोकारवालाहरुले कमजोरी गरेको स्थानमा सुधार गर्ने अवसर हुनेछ ।

मदानी साधन र साध्य दुबै हो । यसले एक वर्षमै थुप्रै मन जित्न सफल भएको छ । त्यसैले यसले आफूलाई अझ अब्बलताका साथ दुध, दहि, मोही र घ्यूकोविचमा उभाएर दुधको दुध पानीको पानी बन्न सक्नुपर्छ ।