पनौती-१२ पचारीमा बालमैत्री स्थान शुभारम्भ

पनौती नगरपालिका वडा नं.१२ पचारे दोभानमा बालमैत्री स्थान सञ्चालनमा ल्याइएको छ । शुक्रबार आयोजित औपचारिक कार्यक्रममा कोरियन राजदुत पार्क टाइयोङले बालमैत्री स्थानको उद्घाटन गरेका छन् । सिविन नेपाल र युनिसेफको साझेदारी तथा पनौती नगरपालिका १२ नं. वडा कार्यालयको साझेदारीमा बालमैत्री स्थान निर्माण गरिएको हो ।

पनौती नगरपालिका वडा नम्बर १२ कै अन्य दुई ठाउँमा बालमैत्री स्थान सञ्चालनमा ल्याइने वडा अध्यक्ष जयराम केसीले जानकारी दिए । यस्तै पनौती नगरपालिका वडा नम्बर ८ र वडा नम्बर १ मा बालमैत्री स्थान सञ्चालनमा ल्याउने तयारी छ ।