नेपाल लोकतान्त्रिक यातायात ब्यवसायी संगठनको अध्यक्षमा होम

 

बनेपा/ नेपाल लोकतान्त्रिक यातायात ब्यबसायी संगठनको दोस्रो जिल्ला अधिबेशनबाट होम बहदुर श्रेष्ठको अध्यक्षतामा नयाँ समिति निर्वाचित भएको छ ।
सगंठनको उपाध्यक्षमा सुजन रायमाझी, सचिब भिम कार्की, कोषाध्यक्षमा विदुर केसी र सदस्यहरुमा बलराम घोरसाईने, हरि रिमाल, सरस्वती बजगाँई र जिवन विक रहेका छन् । अधिबेशनको उद्घाटन सगंठनका केन्द्रिय महासचिब डेकनाथ गौतमले गरेका थिए ।

गौतमले सबै यातायात ब्यबसायीहरु एक हुनुपर्ने बताए । यातायात ब्यबसायी र मजदुरहरु विच राम्रो सम्बन्ध रहे मात्रै सम्पुर्ण यातायात क्षेत्र सुरक्षित रहने उनको भनाई थियो । यातायात क्षेत्रमा थुप्रै समस्याहरु रहेका र आफ्नो सगंठनले सरकारलाई पटक पटक ध्यानाकषर्ण गराउदै आएको गौतमले बताए ।

कार्यक्रममा सगंठनका पुर्व केन्द्रिय अध्यक्ष उद्धब केसी, केन्द्रिय उप–महासचिब बसन्त खत्री, सचिब आत्माराम थापा लगाएतले ब्याबसायीले भोग्नु परेका समस्या र आगामी योजनाका बारेमा मन्तब्य राखेका थिए ।