जिल्ला स्तरीय अन्तर मावि पावरपोइन्ट प्रेजेन्टेसन प्रतियोगिता सम्पन्न

जिल्ला स्तरीय अन्तर माध्यमिक विद्यालय पावरपोइन्ट प्रेजेन्टेसन प्रतियोगिता सम्पन्न भएको छ । काभ्रे माध्यमिक विद्यालयको आयोजनामा बनेपा बुडोलमा भएको प्रतियोगितामा काठमाडौं यूनिभर्सिटी हाई स्कूल प्रथम, काभ्रे ईङ्गलिस माध्यमिक विद्यालय पनौती द्वितीय, प्रगति प्रभात एकेडेमी बनेपा तृतीय र विद्या सागर स्कूल बनेपाले चौथों स्थान हासिल गरेका छन् ।
विजेता विद्यालय तथा विद्यार्थीहरुलाई विद्यालयको प्रिन्सिपल कुमार मानन्धरले ट्रफी, सहायक प्रिन्सिपल द्वय केशव श्रेष्ठ र विकास श्रेष्ठले प्रमाणपत्र तथा पदक प्रदान गरेका थिए।
प्रतियोगिता विद्यालयका शिक्षक श्यामकृष्ण मानन्धरको संयोजकत्वमा भएको थियो । प्रतियोगितामा जिल्लाका संस्थागत १६ विद्यालयको सहभागिता रहेको थियो ।


