सामुदायिक विद्यालयका २ सय २० जना प्रधानाध्यापकहरुसँग शैक्षिक गुणस्तर सम्वन्धी अन्तरक्रिया
पनौती/शिक्षा विकास तथा समन्वय इकाई काभ्रेपलाञ्चोकले शैक्षिक गुणस्तर अभिबृद्धिका लागि माध्यमिक तहका प्रधानाध्यापकहरुसँग अन्र्तक्रिया कार्यक्रम आयोजना गरेको छ । जिल्लामा रहेका २ सय २० वटा विद्यालयका प्रधानाध्यापकहरुलाई गुणस्तर सम्वन्धी विभिन्न विषयका बारेमा अभिमुखिकरण गराईने शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उप सचिव देवका ढकालले जानकारी दिईन् ।
पनौतीमा आयोजना गरिएको कार्यक्रममा ९३ वटा विद्यालयका प्रधानाध्यापकहरु सहभागि थिए । पनौती नगरपालिकाका २८, खानिखोला गाउँपालिकाका ८, बेथान्चोक गाउँपालिकाका १० र बनेपा नगरपालिकाका ४७ जना प्रधानाध्यापकहरु उक्त कार्यक्रममा सहभागि भए । उद्घाटन कार्यक्रममा नगर प्रमुख रामशरण भण्डारी, उपप्रमुख गिता बञ्जारा, प्रमुख प्रशासकीय अधिकृत रामप्रसाद आचार्य, शिक्षा शाखा प्रमुख प्रणराज न्यौपाने, शाखा अधिकृत महेश्वर जंगम, शिक्षा विकास तथा समन्वय इकाई अधिकृत विन्दा भुर्तेल लगायतको सहभागिता रहेको थियो ।
नगरपालिकाका १७, भुम्लु गाउँपालिकाका ११ र चौरीदेउराली गाउँपालिकाका ११ वटा विद्यालयका प्रधानाध्यापकहरु सहभागि हुनेछन् ।
नमोबुद्ध नगरपालिकामा आयोजना हुने कार्यक्रममा ६९ वटा विद्यालयका प्रधानाध्यापकहरु सहभागि हुनेछन् । जसमा नमोबुद्धका १३, रोशीका १८, तेमालका १०, महाभारतका ८ र धुलिखेलका २० वटा विद्यालयका प्रधानाध्यापक सहभागि हुनेछन् ।
पाँचखाल नगरपालिकामा आयोजना हुने कार्यक्रममा ५८ वटा विद्यालयका प्रधानाध्यापकहरु सहभागि हुनेछन् । जसमा पाँचखाल नगरपालिकाका १९, मण्डनदेउपुर
शिक्षा विकास तथा समन्वय इकाई प्रमुख उप सचिव देवका ढकालले सोहि कार्यक्रममा काभ्रेपलाञ्चोक जिल्लाको सक्षिप्त शैक्षिक अवस्था, प्रधानाध्यापकहरुको जिम्मेवारी र भूमिका, शिक्षा विकास तथा समन्वय इकाईबाट सम्पादन हुने कामका सन्र्दभमा देखिएका समसामयिक सवालहरु, शिक्षक कासमु र बढुवाको सन्र्दभ, अवकास पछि सेवा सुविधा, परीक्षा ब्यवस्थापन र विविध विषयमा जानकारी गराएकी थिईन् । सोहि कार्यक्रममा शिक्षा क्षेत्रमा लामो समय कार्यरत पुर्व उप सचिव बलराम तिमल्सिनाले शिक्षा क्षेत्रको अवस्था र प्रधानाध्यापकहरुको भूमिकाका बारेमा सहजिकरण गरेका थिए ।