३३ औं अन्तराष्ट्रिय अपाङ्गता दिवसको अबसरमा सचेतना र्याली

बनेपा/ बनेपा नगरपालिकाले ३३ औ अन्तराष्ट्रिय अपाङ्गता दिवसका अबसरमा सचेतना मुलक र्याली सहित विविध कार्यक्रम गरेको छ ।

सचेतना र्याली पछि नगरमा अपाङ्गता भएका ब्यक्तिहरुको क्षतमा प्रर्दशन गरिएको थियोे । कार्यक्रममा नगर प्रमुख शान्तिरत्न शाक्यले फरक क्षमता भएका ब्यक्तिहरुलाई पनि समाबेशिताका अधारमा समान गर्नु पर्ने बताए । उनिहरुलाई पनि क्षमता अनुसारको नगरपालिकाले सिप प्रदान गरेको शाक्यले बताए ।

कार्यक्रममा बनेपा नगरपालिका प्रमुख प्रशासकिय अधिकृत पोषण लामिछाने महिला बालबालिका शाखा प्रमुख विजया सुवेदी, अपाङ्ग महिला सघंकी उपाध्यक्ष पम्फा पुर्कोटी लगाएतले शुभकामना मन्तब्य राखेका थिए । कार्यक्रममा वडा अध्यक्षहरु, विभिन्न अपाङ्गता क्षेत्रमा काम गर्ने संस्थाहरु, अपाङ्गता भएका ब्यत्तिहरु लगाएतको र्यालीमा सहभागीता रहेको थियो । कार्यक्रम बनेपा नगरपालिका उप प्रमुख विमला सापकोटाको सभापतित्वमा सम्पन्न भएको थियो ।