सेयर बजार २५ अंकले घट्यो
काठमाडौँ / सेयर बजार परिसूचक झण्डै २५ अंकले घटको छ । साताको चौथो दिन बुधबार परिसूचक २४.९७ विन्दुले घटेर २७५०.८७ अंकमा आइपुगेको हो । बजारमा आज ९ अर्ब १३ करोड रुपैयाँ बराबरको २ करोड कित्ता भन्दा धेरै शेयर कारोबार भयो ।
आज बजारमा १०४ कम्पनीको शेयरमूल्य बढ्दा १३२ कम्पनीको मूल्य घटेको छ । आठ कम्पनीको सेयरमूल्य स्थिर रहेको देखिन्छ ।
उपसमूहका आधारमा आज हाइड्रो, उत्पादनमूलक उद्योग र माइक्रोफाइनान्स समूह सामान्य रूपमा बढ्दा बाँकी उपसमूहका सूचक घटेका छन् । सबैभन्दा धेरै विकास बैंक समूह १.९४ प्रतिशतले घटेको देखिन्छ ।