विकट पालिका महाभारतमा पहिलोपटक १ सय १० जनाको मोतीविन्दुको शल्यक्रिया
महाभारत÷महाभारत गाउँपालिकामा पहिलो पटक आँखा परिक्षण सहित मोतिविन्दुको शल्यक्रिया गरेको छ । महाभारत गाउँपालिकाको आयोजनामा ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर र नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिस्ठानको प्राविधिक सहयोगमा आँखाको शिविर सहित शल्यक्रिया गरिएको हो । त्यस अघि महाभारत गाँउपालिकाको बनखु र गोकुले धापमा बृहत्त जनस्वास्थ्य शिविर आयोजना गरिएको थियो ।
निशुल्क आँखा शिविरबाट मोतिविन्दु देखिएका विरामीहरुका लागि आज मसिंर २० गते विहिबार र भोली मसिंर २१ गते शुक्रबार विशेषज्ञ चिकित्सहरुको समुहले घर्तीछाप स्वास्थ्य चौकीमा शल्यक्रिया गरिएको ख्वप तिलगंगा आँखा अस्पतालका धिरज अधिकारीले जानकारी दिए ।
महाभारत गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले महाभारत गाउँपालिकामा आँखामा देखिएको मोतिविन्दुको शल्यक्रिया पहिलो पटक गरिएको बताए । विकट पालिका महाभारतमा शल्यक्रिया गरेर नागरिकहरुको हजारौं रुपैया बचत गराउँदै घर दैलोमा नै सेवा पु¥याउन सकेकोमा पालिका अध्यक्ष जिम्बाले सहयोगी सबैलाई धन्यवाद ब्यक्त गरे । स्थानीय सरकारले नागरिकहरुलाई घर दैलोमा नै सेवा पु¥याउन निरन्तर सक्रिय भएको बताए । यस अघिका शिविरहरुमा मोतियाविन्दु भएका विरामीहरुलाई बनेपा तथा काठमाडौ लगेर अप्रेसन गर्ने गरिएको थियो । बृहत्त निशुल्क जनस्वास्थ्य शिविरको शुभारम्भ बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापाले गरेका थिए ।
स्वास्थ्य शाखा प्रमुख संगिता तामाङ हुमागाईले शिविरमा १६ सय ५१ जनाले सेवा लिएको बताईन् । शिविर सकिए लगत्तै मोतिविन्दुका विरामीहरुको शल्यक्रिया शुरु गरिएको उनले बताईन् । बागमती प्रदेश सरकारको स्वास्थ्य मन्त्रालय, जनस्वास्थ्य कार्यालय, नेपाल परिवार नियोजन संघ, मेथिन्कोट अस्पताल, नेपाल परिवार नियोजन संघ, ख्वप तिलगंगा आँखा अस्पताल भक्तपुर, नेपाल आँखा कार्यक्रम तिलगंगा आँखा प्रतिस्ठान, नेपाल परिवार नियोजन संघ काभ्रे शाखा, महाभारत गाउँपालिकाको स्वास्थ्य शाखा तथा अन्य विभिन्न संघ संस्थाहरुले समन्वय गरेका थिए । शिविरमा भिडियो एक्सरे, मुटु रोग, पाठेघर सम्वन्धी, छाला तथा यौन रोग, नाक, कान, घाँटी, नसर्ने रोगको पहिचान, परिवार नियोजन सेवा, आँखाको परिक्षण तथा आयुर्वेद तथा बैकल्पिक चिकित्सा सेवा उपलब्ध गराईएको थियो ।