२१ औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवस

धुलिखेल÷‘विविध स्वास्थ्य क्रियाकलापहरुमा महिला सामुदायिक स्वास्थ्य स्वयंसेविकाको भूमिका, स्वस्थ समाज निर्माणमा सहभागिता’ भन्ने नाराका साथ२१औं महिला सामुदायिक स्वास्थ्य स्वयंसेविका दिवसकाभ्रेपलाञ्चोक जिल्लाका विभिन्न पालिकाहरुमा फरक फरक कार्यक्रमका साथ मनाईएको छ ।
दिवसका अवसरमा पारेर उमेर हदका कारण अवकाश भएका महिला स्वास्थ्य स्वंसेविकाहरुलाई विदाई गरिएको थियो भने नियुक्ति भएकाहरुलाई स्वागत गरिएको थियो ।

जिल्लाका १३ वटै पालिकाहरुमा स्वास्थ्य शाखाहरुले विभिन्न कार्यक्रम आयोजना गरे । पालिकाहरुले उत्कृष्ट महिला स्वयंसेविकाहरुलाई सम्मान गरे । हरेक पालिकाले ६० वर्ष उमेर भएका महिला स्वास्थ्य स्वयंसेविकाहरुलाई विदाई गरेका हुन् । सोहि अवसरमा विपदका समयमा उत्कृष्ट सेवा पु¥याउने स्वास्थ्यकर्मीहरुलाई पनि सम्मान गरिएको थियो ।

बनेपा नगरपालिकाको आयोजनामा नयाँ स्वास्थ्य स्वयंसेविकालाई स्वागत तथा ६० वर्ष उमेर पुरा हुने स्वास्थ्य स्वयंसेविकालाई सम्मान सहित विदाई गरिएको थियो । उपप्रमुख विमला सापकोटा तथा प्रमुख प्रशासकीय अधिकृत पोषण लामिछाने तथा वडा अध्यक्षहरु, शाखा प्रमुखहरुको सहभागिता रहेको थियो ।