‘बालविवाह र लैङ्गिक हिंसा’ विरुद्धको अभियानमा आधारभुत तहका बालबालिकाहरुको बक्तृत्वकला

महाभारत/हरेक वर्ष बालविवाह बढिरहेका बेला महाभारत गाउँपालिकाले आधारभुत विद्यालय स्तरीय बक्तृत्वकला आयोजना गरेको छ । लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा महाभारत गाउँपालिकाले पालिका भित्र रहेका सबै सबै तहका बालबालिकाहरुलाई सचेत गराउने उदेश्यले आधारभुत तहका बालकालिकाहरु सम्मिलित बक्तृत्वकला प्रतियोगिता आयोजना गरेको हो ।


‘हरेक वर्ष बालविवाह तथा कानुन विपरित २० वर्ष भन्दा कम उमेरमा विवाह गर्ने जोडीहरुको संख्या बढिरहेको छ’–गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बाले भने–‘बालविवाह न्यूनीकरणका लागि यो वर्ष देखि बालबालिकाहरु नै परिचालन गर्न शुरु गरिएको छ । पहिलो चरणमा बालबालिकाहरुलाई बाल विवाह के हो ? बालविवाहका कारण हुन सक्ने जोखीम तथा त्यसका असरका बारेमा विद्यालय स्तरीय बक्तृत्वकला गरिएको छ । यो लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानका क्रममा जोडिएको छ ।’ अध्यक्ष जिम्बाले बालविवाह रोक्न विद्यालय स्तरीय सचेतना कार्यक्रमका साथै अभिभावक शिक्षाका लागि प्रयत्न गरिएको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकले पनि महाभारत गाउँपालिकामा हुने बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरणका लागि विद्यालय स्तरीय कक्षाहरु संचालन गरेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेमा कार्यरत महिला, बालबालिका तथा जेष्ठ नागरिक शाखा प्रमुख समेत रहेकी प्रहरी निरिक्षक सरस्वती कार्कीले बालविवाह गर्दा हुने कानूनी झन्झट, कानूनी प्रावधान र असरका बारेमा जानकारी गराउँदै न्यूनीकरणमा बालबालिका, अभिभावक र विद्यालयको भूमिका बारेमा जानकारी गराएकी थिईन् ।


गाउँपालिका उपाध्यक्ष सागर मोक्तानले महाभारत विकास र पूर्वाधारका हिसावले सम्पन्न हुँदै गएको भए पनि बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरण गर्ने सचेतनामुलक कार्यक्रमहरु आवश्यक रहेको बताए । पालिकाका शिक्षा शाखा प्रमुख रामबहादुर तामाङले सबै विद्यालयमा बालबालिकाहरुलाई नै सचेत गराउने गरी विद्यालय स्तरीय बक्तृत्वकला प्रतियोगिता आयोजना गरिएको बताए ।


पालिकाको वडा नम्वर ६ बनुखमा आयोजित कार्यक्रममा ५ वटा विद्यालयका विद्यार्थीहरुले बक्तृत्वकला प्रतियोगितामा भाग लिएका थिए । आजाद आधारभुत विद्यालयमा आयोजित कार्यक्रममा कलाकार मञ्जु गौतम लगायतले गित मार्फत बालविवाह न्यूनीकरणमा लाग्न अनुरोध गरेकी थिईन् । वडा अध्यक्ष रमेश लुङ्गेली, विद्यालयका प्रधानाध्यापक तथा शिक्षकहरुले बालबालिकाहरुलाई आधारभुत तह देखि नै सचेत गराउने अभियानमा कृयाशिल रहेको बताए । सोहि कार्यक्रममा पाँच वटा विद्यालयका ५ जना विद्यार्थीहरुले भाग लिएका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई पुरस्कृत गरिएको थियो ।

महाभारत गाउँपालिका वडा नम्वर १ गोकुल स्थित भैरव माविमा आयोजित कार्यक्रममा ४ वटा विद्यालयका ८ जना विद्यार्थीहरुले भाग लिएका थिए । उत्कृष्ट विद्यार्थीहरुलाई सोहि अवसरमा पुरस्कृत गरिएको थियो । वडा अध्यक्ष कान्छामान जिम्बा, विद्यालयका प्रधानाध्यापक पूर्णदास श्रेष्ठ तथा अन्य विद्यालयका प्रधानाध्यापकहरु, जनप्रतिनिधिहरुले बालविवाह र लैङ्गिक हिंसा न्यूनीकरणका लागि सबै सक्रिय हुनु पर्ने बताएका थिए ।


महाभारत गाउँपालिका वडा नम्वर ५ बुढाखानीको ग्रामोन्नती मावीमा आयोजित कार्यक्रममा ४ वटा विद्यालयका ४ जना विद्यार्थीहरुले भाग लिएका थिए । बालविवाह रोक्न, बालबालिकाहरुमा उत्प्रेरणा जगाउन र शैक्षिक गुणस्तरलाई बढाउन हाजिरजवाफ र बक्तृत्वकला कार्यक्रम आयोजना गरिएको थियो । वडा नम्वर ४ का अध्यक्ष विशाल मोक्तान, वडा नम्वर ५ का अध्यक्ष विजय राना मगर, विद्यालयका प्रधानाध्यापकहरु, विद्यालय ब्यवस्थापन समितिका अध्यक्षहरु तथा शिक्षक र विद्यार्थीहरुले यस्ता कार्यक्रमहरु अभिभावक स्तरमा समेत पु¥याउनु पर्ने बताए । कार्यक्रममा शिक्षा क्षेत्रमा कृयाशिल भाषा समेतका ज्ञाता डा.लोकबहादुर लोप्चनले सामुदायिक विद्यालयमा शैक्षिक गुणस्तर कायम राख्न खेल्नु पर्ने भूमिकाका बारेमा जानकारी समेत गराएका थिए ।

वडा नम्वर ४ र ५ ले आयोजना गरेको वडा अध्यक्ष शैक्षिक सुधार तेश्रो वर्षको कार्यक्रमका अवसरमा बोल्दै लोप्चनले स्वंय शिक्षक र विद्यार्थी तथा अभिभावकहरुले महसुस नगर्दासम्म सामुदायिक विद्यालयको गुणस्तर सुध्रन नसक्ने डा.लोप्चनले बताए । कार्यक्रममा बागमती प्रदेशका स्वास्थ्य मन्त्री किरण थापा, सांसद रत्न ढकाल, गाउँपालिका अध्यक्ष कान्छालाल जिम्बा, उपाध्यक्ष सागर मोक्तान, वडा अध्यक्षहरु, विद्यालयका प्रधानाध्यापकहरु, शिक्षकहरु, अभिभावकहरु र जनस्वास्थ्य कार्यालय अन्र्तगत रहेका प्रदेश, जिल्ला स्थित कार्यालयका प्रमुख तथा प्रतिनिधिहरुको सहभागिता रहेको थियो ।