‘रोशी त खोलाको’ एल्बममा काल्तान र लोप्चनको स्वर

बनेपा/तामाङ गित तथा संगित मार्फत नेपाल तथा विश्वका विभिन्न देशमा चर्चित काभ्रेली गायक तथा संगितकार विशाल काल्तानले ‘रोशी त खोला’को नामक नयाँ एल्वम सार्वजनिक गरेका छन् । साता अघि मात्रै काल्तानले नयाँ प्रस्तुतीका रुपमा ‘नाँचौं स्याईले’ नामक एल्वम सार्वजनिक गरेका थिए ।

विशाल काल्तान युटुव च्यानलमार्फत शुक्रबार सार्वजनिक गरिएको उक्त एल्वम २४ घण्टा नवित्दै १० हजार भन्दा धेरै श्रोताहरुले हेरेका छन् । नयाँ तामाङ सेलो गीत रोसी त खोलाकोविशाल काल्तान र जितु लोप्चनको सुमधुर स्वरमा रहेको जीवन्त गीतमा विशाल काल्तानको शब्द र संगीत रहेको छ ।

पेमा दोर्जे बम्जनको नेतृत्वमा निर्माण भएको उक्त एल्वमले तामाङ सङ्गीतको समृद्ध सांस्कृतिक सार देखाएको छ । म्युजिक भिडियोमा समीर तामाङ र सपना आर बम्जनको मनमोहक प्रस्तुति रहेको छ । जसको केमिस्ट्रीले कथा कथनमा गहिराई र आकर्षण थपेको छ। प्रतिभाशाली युवा निर्देशक प्रतीक न्गेस्युरले कोरियोग्राफी र निर्देशन दुवैमा रचनात्मक दृष्टि लगाएका छन् ।

यस अघिको नाचौं स्याईले गीतमा पनि शब्द,संगीत र आवाज विशाल काल्तानकै रहेको थियो ।शब्द र संगीतले गीतलाईसशक्त बनाएको थियो। नेपाली मौलिकता र संगितलाई थप उचाइमा पु¥याउन गायक काल्तानका हरेक एल्वम महत्वपूर्ण मानिन्छन् ।

रोशी त खोलाको गितको लिंक

https://www.youtube.com/watch?v=rVhIAIjdjWE

नाचौ स्याईले गीतको लिंक