सेन्टलम एकेडेमी श्रीखण्डपुरको २० औं बार्षिक साधारण सभा
बनेपा/सेन्टलम एल्बम एकेडेमी श्रीखण्डपुर काभ्रेको २० औ बार्षिक साधारण सभा सम्पन्न भएको छ । अध्यक्ष अमन पोटेको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेशनल प्याब्सनका केन्द्रिय अध्यक्ष सुभाष न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो ।
कार्यक्रममा अध्यक्ष अमन पोटेले बार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने कोषाध्यक्ष भवसागर रञ्जितले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए । सचिव इश्वर महाजुले सांगठनिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।
प्रिन्सिपल अग्निप्रसाद ज्ञवालीले विद्यालयका बारेमा जानकारी गराउँदै चालु शैक्षिक सत्रमा ४ सय ९१ जना विद्यार्थी अध्ययनरत रहेको बताए ।
५६ आना जग्गा भित्र ४५ कोठे पक्कि भवनमा निर्माण भई संचालन भएको उक्त विद्यालयमा बालमैत्री संरचनाका साथै पर्याप्त खेलकुद मैदान, बालबालिकाहरुका लागि आवश्यक पर्ने विभिन्न खालका पूर्वाधारहरु उपलब्ध छन् ।
स्मार्ट तथा प्रविधि मैत्री कक्षा संचालन भएको उक्त विद्यालयमा शिशु कक्षा देखि १२ सम्म संचालित छ । कार्यक्रममा विभिन्न क्षेत्रका ब्यक्तिहरुको सहभागिता रहेको थियो ।