यो देशमा

 

युगपुरुष नजन्मिएको
यो देशमा
मात्र परपुरुष देखिरहेको छु
महान नारी जन्मिएको
यो देशमा
रंगिन रात सजाउने पनि देखेको छु
बिर बिरंगनाको इतिहास बोकेको
यो देशमा
कायर र लुच्चाले भरिएको समाज देखेको छु
परिश्रम गरेर खान लाउन धौ धौ परेको
यो देशमा
नेतागिरी भएर छाती फुलाइ हिडेको देखेको छु
पसिनाको कमाई खाने पुर्खा रहेको
यो देशमा
विदेशमा पसिना बगाउँदा घर परिवार गुमेको भेटेको छु
बाआमा भएर स्वदेशमा छोराछोरी पठाउने
यो देशमा
बुढाबुढी हुँदा पनि स्वदेश नफर्केको व्यथा बुझेको छु ।।