कहाँ कहाँ चुके रवि लामिछाने र सिङ्गो रास्वपा ?

तत्कालिन राजा ज्ञानेन्द्रको २०६१ माघ १९ देखि २०६३ बैशाख ९ गतेसम्मको प्रत्यक्ष शासन अवधिलाई कटाएर बाँकी करिब साँढे ३२ बर्ष मुलुकको शासनको बागडोर सम्हालेका पुराना राजनीतिक दल कांग्रेस, एमाले, मधेशबादी, राजाको पालामा शासन सत्तामा गएका राप्रपा र २०६४ पछि शासन सत्तामा मिसिएका माओबादीहरुको क्षमताहिन, दुरदर्शिताहिन, मुल्यहिन, गन्तब्यहिन, राष्ट्रको स्वार्थभन्दा पराया स्वार्थमा बिकाउ लम्पसारबादी राजनितीको कारण सबै प्रकारबाट नेपाल र नेपालीको अस्तित्व नै धरापमा पर्दै अन्यौलता र अस्थिरताले नेपाली जनतामा व्यापक निराशा छाईरहेको छ ।

नयाँ उदायएको राजनितिक शक्ति राष्ट्रिय स्वतन्त्र पार्टी त्यहिमाथी टेलिभिजन कार्यक्रमकै माध्यमबाट तिनै कुशासनका नायक पुराना दल तथा नेताहरुको असक्षमता र भ्रष्ट चरित्र बिरुद्ध कडा आलोचना गरेकै कारण स्वदेश तथा बिदेशमा बस्ने शिक्षित र न्यायप्रेमी सुशासनका पक्षधर नेपालीहरुको मन जित्न सफल रबि लामीछाने प्रति ठुलै भरोषा जाग्नु स्वभाबिक नै थियो अर्थात जायज नै थियो । आम निर्बाचन २०७९ मा राश्वपालाई सबै सुचनाबाट सुसुचित शहरिया नागरिकहरुले प्रत्यक्षमा मत दिए भने दुरदराजबाट बिदेशमा श्रम बेच्न बाध्य भई पीडा बोकेका युवाहरुले नेपालमा रहेका आफ्ना हजुरबुबा, हजुरआमा, बुबा, आमा र दिदिबहिनीहरुलाई रुंदै फोन गरेर मेसेज गरेर जसरी भए पनि एउटा सामानुपातिक मत घण्टी चिन्हमा राख्न लगाई २१ जना सांसद बनाई दिए । यसको मुख्य कारण यो थियो कि नयाँ युवाहरुले अब अन्यौलता र अनिश्चितताको खाडलमा फसेको मुलुकलाई उद्दार गर्नेछन, सुशासनको बाटोहरु पहिल्याउने छन, भत्किएको राष्ट्र राष्ट्रियताको जग पुनर्निर्माण गर्नेछन । परनिर्भरताको खाडलबाट मुलुकलाई बाहिर निकाल्ने छन । मुलुकमै रोजगारीको सृजना हुनेछ । बिदेशमा ५० डिग्री तापक्रममा सेकिएर बाक्सामा प्याक भई फर्कनु पर्दैन भन्ने ठुलो आशा थियो ।
तसर्थ राष्ट्रिय स्वतन्त्र पार्टीले जनताको यति ठुलो अपेक्षालाई विर्सेर २०७९ साल पौष १० गते तिनै असक्षम पुराना ‘बा’हरुको बार्दलीमा उभिएर कुममा कुम मिलाउन सुरु गर्नुको सट्टा त्यसै दिन आफ्ना मतदाता र शुभेच्छुकहरुलाई खुल्लामञ्चमा डाकी आमसभा गरेर मुलुकलाई सुधार्ने पहिलो प्याकेजको रुपमा निम्न लिखित सुधार योजनाहरु राश्वपाले संघिय संसदमा सार्बजनिक महत्वको संकल्प प्रस्ताब दर्ता गर्न जांदैछ यदि यी पुराना दलहरुले यसलाई अस्विकार गरे भने यो कार्यान्वयन नहुञ्जेलसम्म हामी संसद चल्न दिदैनौ र तपाईंहरु निरन्तर सडकमा माईतिघरदेखि बानेश्वरसम्म आउनु भन्नु पथ्र्याे ।

यस्ता हुन सक्थे सुधारका प्रस्ताबहरु ः
१) २०३८ सालदेखि हालसम्म देशको महत्वपुर्ण र उच्च पदमा बसेका तथा शंकास्पदहरु सबैको सम्पति छानबिन गरि अबैध ठहरेमा त्यस्तो सम्पति राज्य कोषमा जम्मा गर्ने कानुन तत्काल बनाउन २) बचेकुचेको कृषि योग्यभुमीहरु जोगाई आधुनिक ढंगले कृषि उत्पादन गरि मुलुकलाई खाद्यान्नमा आत्मनिर्भर बनाउनको लागि त्यस्तो भुमिहरु भुमाफियाको हातमा सुम्पिने कार्यहरु तत्कालै बन्द गराउने र पानीको स्रोत भएको स्थानहरुमा बिज्ञको राय बेगर जथाभावी डोजर लगाउन नपाउने ब्यवस्था गर्ने ३) हाम्रो देशको किसानले उत्पादन गरेको कृषि उपजहरु सरकारले नै किनेर बजार ब्यवस्थापन गराउन र कागजमा किसानको नाम तयार गरि चिल्ला कारवाला फर्जि किसानहरुले पाएको खर्बाै खर्ब कृषि अनुदानको खोजी गरेर कारबाही गराई वास्तविक किसानहरुलाई ७० प्रतिशत अनुदान उपलब्ध गराउने ४) स्वदेशमै रासायनिक कृषि मल तथा कृषि औजार कारखानाहरु स्थापना गराउन तत्कालै सुरुवात गराउने ५) सरकारी निकायले प्रयोग गर्ने सामग्री तथा आमनागरिकहरुले उपभोग्य गर्ने सम्पुर्ण उपभोग्य बस्तुहरु खरिद गर्दा स्वदेशी उत्पादनलाई नै पहिलो प्राथमिकतामा राख्ने कानुन लागु गर्न ६) मुलुकमा भएको खानी तथा प्राकृतिक स्रोतहरु बिज्ञहरुले दिएको सुझाब र मापदण्ड अनुसार मात्र समुचित प्रयोग र बहुमुल्य जडिबुटीहरु उत्पादन र बिक्रिमा निश्चित कानुन बनाउन ७) बेचिएको र डुबाईएको सम्पुर्ण उद्योगधन्दा कलकारखानाहरु पुनस्र्थापना गरि मुलुकलाई आत्मानिर्भर बनाउन र स्वदेशमै रोजगारी सृजना गराउने साथै तत्काललाई राष्ट्रिय परिचय पत्रमा खर्च गर्न लागिएको १६ अर्ब रकमलाई बन्द रहेको गोरखकाली टायर उद्योग र हेटौंडा कपडा उद्योगमा लगानी गरि सञ्ंचालन गराउन ८) कृषि विश्वविद्यालय मास्न नदिन र यसलाई थप आधुनिकिकरण गरि बिस्तार गर्न ९) माध्यमिक तहसम्मको शिक्षा साथै स्वास्थ्य सेवा पुर्ण रुप निशुल्क गराउन १०) भारतले मिचेको नेपाली भुमिहरु फर्काउन साथै कालापानीबाट भारतीय सेना हटाउन र असमान सन्धिहरु पुनरावलोकन गराउने गरि यस भन्दा अघि दुबै देशको बिज्ञ प्रतिनिधिहरुले तयार पारेको ईपिजिको प्रतिबेदन बुझाउन पहल गराउन ११) राष्ट्रिय स्वार्थको बिषयहरु स्पष्ट रुपमा तय गरि लिखित बिधान बनाई सन्तुलित र समान ढंगको परराष्ट्र नीति तत्कालै तय गर्न १२) जनताको टाउकामा दोहोरो तेहेरो कर नलगाउने गरी बिद्यमान करप्रणालीमा तत्कालै सुधार गरि कानुन ल्याउन १३) युवाजति खाडिमा मजदुरीमा पठाएर प्राप्त रेमिट्यान्सबाट ७ प्रदेश संरचना धान्ने कुराको अन्त्य गराउन र राष्ट्रले लिने स्वदेशी तथा बिदेशी ऋण रकमलाई साधारण खर्चमा लगाउन नपाउने र पुंजिगत तथा उत्पादनमुलक क्षेत्रमा मात्र लगानी गर्ने कानुन बनाउन १४) भ्रष्टाचारी प्रमाणित भएकाहरुलाई मृत्युदण्डको कानुन बनाउन १५) सबै खाले दण्डहिनताको अन्त्य गर्न र बलात्कार तथा यौनहिंसा सम्बन्धि कानुनमा यथार्थ र सत्यको खोजिलाई प्राथमिकतामा राख्न १६) नदिनाला, प्राकृतिक स्रोत साधनहरुको उचित प्रयोग र संरक्षण गराउन र चुरे दोहन तत्कालै रोकी तराईको लागि जलभण्डार सुरक्षित गर्न १७) जनताबाट प्रत्यक्ष निर्बाचित कार्यकारी प्रधानमन्त्री चुन्ने ब्यवस्था गरि सम्बन्धित बिषय बिशेषज्ञहरुलाई मात्र मन्त्री बनाउने र संसदहरुले कानुन बनाउने र बिकासको काममा मात्र सहभागीता हुनेगरि संसद संख्या बढिमा १५० बनाउन १८ ) वास्तविक नेपालीहरुलाई नागरिकता प्राप्तीमा रहेको झमेला हटाउन र बिदेशीलाई नागरिकता दिनबाट कडाइका साथ लागु गर्न अनुगमन टिम गठन गराउन १९) देशको राष्ट्रिय अखण्डता, स्वाधिनता, स्वतन्त्रता, बिबिध मौलिक धर्म संस्कृति र पहिचान तथा सभ्यता र राष्ट्रिय धरोहरको संरक्षण गर्न गराउन २०) सरकारी सुविधा लिने सम्पुर्ण बहाल तथा पुर्ब राष्ट्रसेवकहरुले राजनीतिक दलको भातृसंघ संगठन खोल्न र सहभागी हुन नपाउने त्यसैगरी शिक्षक, बिद्यार्थी, मजदुर किसान र विभिन्न बर्गहरुको हकहित संरक्षणको लागि एउटा एउटा मात्र साझा संस्था खोल्न पाउने तर राजनितिक दल पिच्छे नै भातृसंघ संगठन खोल्न नपाउने गरी कानुन बनाउन २१) राजनीतिक दलहरुको भागबण्डा अर्थात कोटामा न्यायधीस, राजदुत, बिश्वबिद्यालयको कुलपति, अख्तियार, निर्बाचन आयोग र बिभिन्न संबैधानिक अंगमा नियुक्ति पुर्णरुपमा बन्दगरी बिषय बिज्ञहरुलाई मात्र नियुक्ति गर्न कानुन ल्याउन २२) नेपालमा कमाएको सम्पति बिदेशमा लगानी गर्न साथै बिदेशी बैंकहरुमा राख्न र लैजान नपाउने कानुन बनाउन २३) कुनैपनि सार्बजनिक पद तथा उच्च ओहोदामा रहेका ब्यक्तिहरुलाई भ्रष्टाचार लगायत अन्य अपराधमा मुद्दा दर्ता भएमा फैसला र छानबिन नसकुन्जेल पदबाट निलम्बन गर्न र निर्दाेष ठहरियमा मात्र स–सम्मान यथावत पदमा फर्काउने कानुन निर्माण गर्न २४) अकर्मण्यताको चक्रब्युहमा फसेको अख्तियार अनुसन्धान आयोग तथा अन्य संबैधानिक आयोगहरु पुनर्गठन गर्न २५) लोकसेवा आयोगको भद्दा बार्षिक क्यालेण्डरलाई परिवर्तन गरी चुस्त बनाउन । लगायतका दर्जनौ सुधारका सुझावहरु प्रस्तुत गर्न सकिन्थ्यो ।

यति गरेको भए पुराना दलहरुले साथ नदिदा जनतामा जाने संदेश र राश्वपा प्रति बढ्ने बिश्वासले पुरानाहरु नाङगिंदै जान्थे साथै अरु दलका युवा सांसदहरु यसमा साथ दिन बाध्य हुन्थे त्यस पछि पुराना र असक्षम नेताहरु यो मुलुकको शासनसत्ताबाट सदाको लागि बहिर्गमन हुने निश्चित थियो । नयाँ भनेकाहरुले त मुलुकमा राष्ट्रिय अखण्डतालाई र सुरक्षालाई चुनौती थपिंदै गएको अबस्थामा देशको सेना र प्रहरीको संख्या घटाएर ७ प्रदेश धान्ने योजनाको प्रस्ताब र मुनरो डक्ट्रिनको प्रस्ताबहरु ल्याउन थाले । अनि कोष्टारिका मोडल पो माग गर्न थाले । शिक्षा मन्त्री पाउनासाथ नेपालमा सञ्चालित सबै बिदेशी स्कुलहरुले उनिहरुकै राष्ट्रिय गान बजाउन र गाउन पाउने बनाए । गृहमन्त्रालय बुझ्नासाथ उक्त मन्त्रालय मातहत रहेको प्रशासनिक ढिलासुस्तीको अन्त गराउने, प्रहरी प्रशासनलाई स्वच्छ र राजनितिक हस्तक्षेपबाट अलग गराई जनमुखी र जवाफदेही बनाउन, नागरिकता बितरणमा रहेको कठिनाईलाई बिज्ञको सुझाबबाट सुल्झाउन साथै दशकौंदेखि सुराकी खर्चको नाममा गरेको अनियमितता हटाउनु त कता हो कता राष्ट्रिय परिचयपत्रको ठेक्का पो बिदशीलाई दिने काम गरे र पछि यसैलाई अनिवार्य गराउन मन्त्रीपरिषदमा प्रस्ताब लगि राजपत्र नै निकाल्न पुगे । पुराना दलहरुले १७ बर्षदेखि टुङ्ग्याउन नसकेको शान्ति प्रकृया टुङ्ग्याउन नयाँहरुले मध्यमार्गीको भुमिका खेलेर सबै द्वन्दकालीन पिडितहरु र बिद्रोही पक्षहरुलाई सम्बोधन गर्ने बिकल्प देखाउनु पर्नेमा संसदमै भएर पनि यस बिषयमा चुँंसम्म नबोलेको देखियो ।

राष्ट्रपतिले नागरिकता बिधेयक किर्ते गर्दा र प्रधानमन्त्री प्रचण्डले २०८० पौष १९ गते भारतसंग गरेका देशहित बिपरितका सम्झौताहरु बारे समेत चुँंईक्क बोलेनन । त्यसकारण राश्वपा अर्थात रबि लामीछानेलाई देख्दा र बुझ्दा हालका प्रधानमन्त्री केपि शर्मा ओलिले केही महिना अघि भनेको एउटा टुक्का मिल्दो जुल्दो छ त्यो जस्ताको तस्तै ‘दशैं आए पछि एकअर्कामा साथी बनेर बसेको कुखुराको भाले, हाँंस, गोरु, राँंगो र सुंगुर बिचमा कुरा हुंँदा भालेले दशैं आयो दशैं आयो भनेछ अनि हांँसले कहाँ आयो कहाँ कहाँ भनेछ त्यस पछि गोरुले घोक्रां घोक्रा भनेछ, छेउमै रहेको रांँगोले पिर मान्दै भगवान सम्झेर नारायण नारायण भन्यो रे तर सुंगुरले चाहिँ कसैको कुरा पनि नसुनेर फुस फुस ईस ईस गरेर बसेछ । लगतै दशैं आयो मान्छेले दशैं मनाउन पहिला सुंगुरलाई मारेर खान सुंगुरको मुटुमा भाला रोपेपछि बल्ल सुंगरले चेतें चेतें चेतें भनेर रोएछ रे । यस्तै हालत छ अहिले रबिको । (लेखक गिरी पुर्ब सैनिक एवं सामाजिक अभियन्ता हुन ।)