काभ्रे लेडी जेसीजले बाँढ्यो बौद्ध बृद्धाश्रममा खाद्यान्न
बनेपा/काभ्रे लेडी जेसीज वर्ष २०२४ को आयोजानमा बनेपामा रहेको बौद्ध बृद्धाश्रममा खाद्यान्न वितरण तथा बृद्ध आमाबुबाहरुलाई सामुहिक खाना खुवाइएको छ ।
वर्ष २०२४ की अध्यक्ष जेसी सविता बज्राचार्यले सामाजिक दायित्व अन्र्तगत उक्त कार्यक्रमको आयोजना गरिएको बताईन् । २५ हजार बराबरको खाद्यान्न र नगद ५ हजार हस्तान्तरण गरिएको बज्राचार्यले बताईन् ।
कार्यक्रममा काभ्रे लेडी जेसीजका पुर्व अध्यक्षहरु, बोर्डका पदाधिकारी, तथा मानार्थ सदस्यहरुको उपस्थिती रहेको थियो । काभ्रे महिला लेडी जेसिजले विभिन्न सामाजिक कार्यहरु गर्दै आएको छ ।