काभ्रेमा १५ हजार ८ सय ५३ एकल महिला
मोतीराम तिमल्सिना
धुलिखेल
काभ्रेपलाञ्चोक जिल्लामा १ लाख ६० हजार ५ सय ६४ महिलाहरु मध्ये १३ हजार ५२ जना महिला विधवा रहेको तथ्यांक सार्वजनिक भएको छ । प्रतिशतका हिसावले कुल संख्याको ८.१ प्रतिशत विद्यवा हो । त्यस्तै १५ हजार ८ सय ५३ अर्थात ९.९ प्रतिशत महिला एकल छन् । विद्यवा भन्दा एकल महिलाहरुको संख्या धेरै छ ।
बागमती प्रदेशमा सबै भन्दा धेरै विद्यवा महिलाको संंख्या नुवाकोटमा छ । नुवाकोटमा ८.२ प्रतिशत, काभ्रे र रामेछापमा ८.१ प्रतिशत छ । सबै भन्दा कम काठमाडौमा ५.२ प्रतिशत रहेको छ । एकल महिला सबै भन्दा धेरै दोलखामा १०.३, रामेछापमा १०.२ र सिन्धुपाल्चोकमा ९.९ प्रतिशत रहेका छन् । एकल महिला सबै भन्दा कम सिन्धुलीमा ७.३ प्रतिशत रहेका छन् । राष्ट्रिय जनगणना २०७८ को नतिजाअनुसार मुलुकमा ९ लाख ९७ हजार ६ सय ६२ जना महिलाहरु एकल रहेका छन् । यिनै एकल महिलाको आर्थिक अवस्था हेर्ने हो भने पारपाचुके गरेका ५३.६५ महिलाहरू अक्सर रोजगार भएको देखिएको छ । यसैगरी पारपाचुके गरेका ४.८ प्रतिशत महिलाहरू अक्सर बेरोजगार रहेको देखिएको छ भने सबैभन्दा धेरै अर्थात २१.३५ विधवा महिलाहरु अक्सर निस्क्रिय रुपमा रहेका छन् ।
यस्तै ५२.५५ विधवा महिलाहरु आर्थिक रुपले निष्क्रिय रहेका र आर्थिक क्रियाकलाप नखुलेका विधवा महिलाहरू ०.३५ र पारपाचुके गरेका, छुट्टिएका र ३५ वर्षभन्दा माथिका अविवाहित महिलाहरू क्रमश ०.४५ का दरले रहेको देखिएको छ । काभ्रेपलाञ्चोक जिल्लाका १३ पालिका मध्ये सबै भन्दा धेरै विद्यवा महिला तेमाल गाउँपालिकामा देखिएको छन् । तेमाल गाउँपालिकामा रहेका ७ हजार ७ सय ३ जना महिला मध्ये ६ सय ८३ जना महिला विद्यवा छन् । प्रतिशतका हिसावले १२.५२ प्रतिशत रहेको छ भने एकल महिलाको संख्या तेमालमा ८ सय १५ अर्थात १०.५८ प्रतिशत रहेका छन् ।
सबै भन्दा कम जिल्लाको महाभारत गाउँपालिकामा ६ हजार ६ सय ९३ महिलाहरु मध्ये ३ सय सय २४ जना विद्यवा अर्थात ४.८४ प्रतिशत र एकल महिला ३ सय ७० ५.५३ प्रतिशत रहेका छन् । पालिकागत रुपमा पालिकामा रहेका महिला, विद्यवा र एकल महिलाहरुको संख्या र प्रतिशत उल्लेख गरिएको छ ।