रेडक्रस काभ्रेको तीन दिने मनोवैज्ञानिक प्राथमिक उपचार प्रशिक्षण

बनेपा/ नेपाल रेडक्रस सोसाइटी काभ्रेपलाञ्चोक जिल्ला शाखाको आयोजनामा तीन दिने मनोवैज्ञानिक प्राथमिक उपचार प्रशिक्षण शुरु गरेको छ ।

गत असोज ११ र १२ गतेको वाढीले प्रभावित क्षेत्रका रेडक्रस उपशाखाका स्वयंसेवक र शिक्षकहरुका लागि डेनिस रेडक्रसको सहयोगमा प्रशिक्षणको आयोजना गरिएको हो । प्रशिक्षणमा २४ जनाको सहभागिता रहेको छ ।

प्रशिक्षणको उद्घाटन नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखाका सभापति देवेन्द्र प्रसाद भैलले गरेका थिए । प्रशिक्षणमा निवर्तमान सभापति रघुनाथ हुँमागाई, मन्त्री राजु सिग्देल, कोषाध्यक्ष प्रेम कुमार तामाङ लगाएतको सहभागिता रहेको थियो । कार्यक्रम सञचालन बाढी तथा पहिरो प्रतिकार्य कार्यक्रमका जिल्ला संयोजक विनोद लामिछानेले गरेका थिए । प्रशिक्षण सहकर्ता मानसिक स्वास्थ्य तथा मनोसामाजिक सहयोग फोकल टिकाराज पौडेल र दिपक पोखरेलले गरेका थिए ।