पत्रकार महासंघ निर्वाचन : रमेश विष्टसहित यि १३ जना प्रेस युनियनबाट निष्कासित

काठमाडौं/ नेपाली कांग्रेसनिकट पत्रकार संगठन नेपाल प्रेस युनियनले पत्रकार महासंघको निर्वाचनमा बागी उम्मेदवार बनेका रमेश विष्टसहित १३ जनालाई निष्कासित गरेको छ।

निष्काशित हुनेहरुमा विष्टसहित विकास कार्की, श्वीजन झा, माधव दुलाल, अमृत बाँस्तोला, यदुनाथ बन्जरा, मिन बम, राम धामी, राजु खराल, मिनराज गौतम, नारायण खडका र धुब रावल रहेका छन्।