काठमाडौ विश्वविद्यालयको ३० औं दीक्षान्त समारोह शनिबार, १ हजार २ सय ५६ विद्यार्थी दीक्षित हुँदै

धुलिखेल/काठमाडौं विश्वविद्यालयको ३०औं दीक्षान्त (पहिलो चरण) २०८१ मंसिर २९ गते शनिबार हुने भएको छ । दीक्षान्त समारोह प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालयको केन्द्रीय परिसर धुलिखेलमाहुनेछ ।

भारतीय प्रौद्योगिक संस्थान (इन्डियन इन्स्टिच्युट अफ टेक्नोलजी) पटनाका निर्देशक प्रा. डा. टी. एन. सिंहको प्रमुख आतिथ्य र शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री तथा सहकुलपति विद्या भट्टराईको सहभागितामा हुने समारोहमा विश्वविद्यालयका तर्फबाट उपकुलपति प्रा. डा. भोला थापाले स्वागत मन्तव्य राख्नेछन् भने रजिष्ट्रार प्रा.डा. अच्युत वाग्लेले कार्यक्रम सञ्चालन गर्नेछन् । समारोहमा विश्वविद्यालयका आर्ट्स, एजुकेसन, इन्जिनियरिङ, ल, म्यानेजमेन्ट, मेडिकल साइन्सेज र साइन्स सङ्कायका पीएचडी तहका ३ जना, पीजिडी तहका ५१ जना, एमफिल तहका ३३ जना, स्नातकोत्तर तहका ३ सय ८५ जना, स्नातक तहका ७ सय ८४ जना सहित जम्मा १ हजार २ सय ५६ जना विद्यार्थी दीक्षित हुनेछन् । तीमध्ये आर्टसका १११ जना, एजुकेसनका २५३ जना, इन्जिनियरिङका ७७ जना, लका ३९ जना, म्यानेजमेन्टका ४६५ जना, मेडिकल साइन्सेजका १८१ जना र साइन्सका १३० जना रहनेछन् । दीक्षित हुने विद्यार्थीहरूमध्ये पुरुषको सङ्ख्या ६ सय १५ (४८.९६ प्रतिशत) र महिलाको सङ्ख्या (६ सय ४१) ५१.०४ प्रतिशत रहनेछ । दीक्षित हुनेमध्ये विदेशी विद्यार्थीहरू ६ प्रतिशत रहेका छन् । तीमध्ये भारत, चीन, श्रीलङ्का, बाङ्लादेश, बेलायत, संयुक्त राज्य अमेरिका, फ्रान्स, इरान र भूटान गरी ९ देशका ७५ जना विदेशी विद्यार्थी रहनेछन् । तीमध्ये स्कुल अफ आर्ट्सका १७ जना, स्कुल अफ एजुकेसनका ५ जना र स्कुल अफ मेडिकल साइन्सेजका ५३ जना रहेका छन् ।

काठमाडौं विश्वविद्यालयको इतिहासमा पहिलोपटक स्कुल अफ आर्ट्सको मास्टर इन अर्वान स्टडिजमा ५ जना, मास्टर इन मिडिया स्टडिजमा १ जना र मास्टर अफ फाईन आर्टसमा २१ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । त्यसैगरी स्कुल अफ एजुकेसनको मास्टर इन इनडिजाईनस एजुकेसन एण्ड डेभलपमेन्टमा १९ जना र मास्टर इन टे«ेनिङ्ग एण्ड डेभलपमेन्टमा १२ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । स्कुल अफ इन्जिनियरिङको मास्टर इन हेल्थ इन्फरमेटिक्समा २ जना एम टेक इन इनर्जी सिस्टम ४ जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । स्कुल अफ मेडिकल साइन्सेजको ब्याचलर अफ साईन्स मेडिकल इमाईजिङ्ग टेक्नोलोजीमा ८ जना र ब्याचलर अफ साईन्स इन ल्यावोटरी मेडिसिनमा १० जनालाई पहिलोपटक उपाधि प्रदान गरिनेछ । तीसौं दीक्षान्त (पहिलो चरण) सम्ममा गरी काठमाडौं विश्वविद्यालयबाट ४६ हजार ६ सय ९३ जना दीक्षित भएका छन् । तीमध्ये ५७ देशका ५ हजार ५ सय ४२ जना विदेशी विद्यार्थी रहेका छन् । दीक्षान्त समारोहअघि काठमाडौं विश्वविद्यालय सभाको ९८औं बैठक प्रधानमन्त्री तथा कुलपति केपी शर्मा ओलीको अध्यक्षतामा विश्वविद्यालय परिसरमै बस्ने प्रवक्ता एक्कुमाया पुनले जानकारी दिईन् ।