पत्रकार महासंघ काभ्रेमा अध्यक्ष, उपाध्यक्ष महिला र सचिव निर्विरोध निर्वाचित

पत्रकार महासंघ काभ्रेको अध्यक्ष, उपाध्यक्ष महिला र सचिव निर्विरोध निर्वाचित भएका छन् । अध्यक्षमा विनोद न्यौपाने, उपाध्यक्ष महिला तर्फ सम्झना गौतम र सचिवमा नगेन्द्र अधिकारी निर्विरोध निर्वाचित भएका निर्वाचन समिति संयोजक भोजराज तिमल्सिनाले जानकारी दिए । अध्यक्ष र उपाध्यक्षमा महिलामा एक÷एक जनाको मात्रै उम्मेदवारी परेको थियो । सचिवमा भने नगेन्द्र अधिकारी र शुभराज अधिकारीको उम्मेदवारी परेकोमा शुभराज अधिकारीले नाम फिर्ता लिएसँगै नगेन्द्र अधिकारी निर्विरोध भएका हुन् ।

कार्य समिति सदस्यका लागि महिला सदस्यमा सविता न्यौपाने र आदीवासी जनजाती सदस्यमा चमारसिं लामा निर्वाचित भएका छन् । पत्रकार महासंघ काभ्रेको उपाध्यक्षमा प्रेस युनियन र प्रेस चौताारीेको साझा उम्मेदवार कपिल कोइराला र प्रेस सेन्टरबाट रामकृष्ण बन्जाराको उम्मेदवारी परेको छ । सह–सचिव (समावेशी) मा प्रेस युनियन र प्रेस चौतारीको साझा उम्मेदवार निरञ्जुल कायस्थ र प्रेस सेन्टरबाट सुरज श्रेष्ठको उम्मेदवारी परेको छ भने सह–सचिव (खुल्ला) तर्फ एक पदका लागि प्रेस युनियन र प्रेस चौचारीको साझा उम्मेदवार देवराज केसी र पे्रस सेन्टरबाट रोजन तामाङको उम्मेदवारी दर्ता भएको छ । कोषाध्यक्षमा केशवराज पौडेल र शिखर चिमौरीयाबीच प्रतिस्पर्धा हुने भएको छ ।

कार्य समिति सदस्य ७ पदका लागि ९ जनाले उम्मेदवारी दिएका छन् । सदस्यमा मोहन कृष्ण तिमल्सिना, पुरुषोत्तम ढकाल, ज्ञानमणी नेपाल, प्रकाश दाहाल, शिव प्रसाद पन्त, रन्जित बोहरा, विकास तिमल्सिना, शरणप्रसाद हुमागाँई र रोशन तिमल्सिनाले उम्मेदवारी दिएका छन् । प्रदेश परिषद सदस्यमा भरत अधिकारी, राज्यलक्ष्मी श्रेष्ठ, जानुका खदाल, प्रशान्त श्रेष्ठ, शुकदेव थपलिया र रामहरी श्रेष्ठ निर्वाचित भएका छन् । प्रदेश परिषदका लागि महिला १ जना, समावेशी १ र खुल्ला ४ जना आवश्यक पर्नेमा ६ जनाको नै उम्मेदवारी परेको थियो । यस्तै केन्द्रिय परिषद सदस्यका लागि महिला तर्फ सम्झना हुमागाँई र समावेशीमा रामचन्द्र दनुवारको मात्रै उम्मेदवारी परेको छ । बाँकी १ पदका लागि प्रदीप केसी र प्रल्हाद शर्मा हुमागाँईको उम्मेदवारी परेको छ ।

पत्रकार महासंघको केन्द्र, प्रदेश र जिल्लामा नयाँ नेतृत्व चयनका लागि भोली मंसिर २८ गते निर्वाचन हुँदैछ । भलि विहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म मतदानको समय तोकिएको छ ।